चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
काठमाडौँ, २१ जेठ । बजेटबारे यस वर्ष कालाबजारी, बैङ्कपति र तस्करहरूका मालिकहरूको माझमा मात्रै चर्चा भएको अनुमान छ किनभने बजार, गल्ली, चिया पसल, बस र चौतारीमा पहिले कुराकानी गर्ने जनतामा कुनै चासो देखिएन ।
कसैकसैले ‘धानमा आत्मनिर्भर’ बनाउने योजना बजेटले बोलेको छ नि भन्दा अर्कोले प्रधानमन्त्रीको ख्यालठट्टा र नेपाली काङ्ग्रेस–एमालेको सरकारको बजेटको कुनै अर्थ छैन’ भन्ने उत्तर दियो ।
उद्योगपतिहरूलाई अनेक सहयोग गर्दा देशको अर्थतन्त्र उँभो लाग्छ र जनताको जीवनस्तर बढ्छ नि भनी बजेटको पक्ष लिने विचारलाई चिया पिउने ग्राहकहरूले एकै आवाजमा उत्तर दिए, “त्यो त फुपूको श्राद्ध हो ।” “गृहमन्त्री बनेका र एमालेका नेताहरूको घरको एक कौडी दिने होइन देशको सम्पत्ति त मन खोलेरै बाँड्ने भयो नि, अर्को चुनावको तयारी र माडवाडीहरूलाई पोस्न ।”
अरूले थपे, ‘नेपालको बिजुली भारतलाई बेच्ने त्यही बिजुली महँगोमा नेपालले किन्ने क्या राम्रो व्यापार – नेपाल र भारतको ?!’ नेका र एमालेको सरकार भएसम्म कसले बोल्ने हक छ अब ! संसद्मा बलियो बहुमतको अर्थ यही हो ?।’
अर्को ग्राहकले जवाफ दिइहाल्यो, “किन दोष दिने काङ्ग्रेस र एमालेलाई ? के तिनीहरूले सित्तैमा सूर्य र रूखमा मत लिएका थिए र ! ती दुई बहादुरहरूले त राष्ट्र बैङ्कका नोटका बिट्टाहरू दिएर मत लिएका थिए । घरघरको सेफ र लुकाएका नोट तथा किनेका सामान घरघरमा बाँडेर निर्वाचन जितेका थिए । बीचमा निर्वाचन आयोगको के लाग्थ्यो र सरकार नै पल्टेपछि !’
एक ज्येष्ठ नागरिकले बिस्तारै भने, “के गर्ने बाबुहरू, पहिले ईश्वरको पालादेखि नै ‘जसको शक्ति उसको भक्ति’ भनिन्थ्यो आज पनि त्यही हो”
देशमा प्रतिपक्ष के राप्रपा हो ?
१९ जेठ २०८२ को ‘राजधानी’ दैनिकले एमाले र नेपाली काङ्ग्रेसको बेला परराष्ट्रमन्त्री बनाइएका ‘मण्डले’ भनिएका राप्रपाका अध्यक्ष कमल थापालाई ‘राजा फर्काउने आन्दोलनमा प्रहरीले लाठीचार्ज’ को तस्बिर ठुला र सानो तस्बिरमा ‘प्रचण्ड’ को थियो र ‘राजावादीले भाडामा ल्याएका केही मान्छे छाडा भए : प्रचण्ड’ भनी छापियो ।
यो समाचारले ‘नेका र एमाले’ लाई चर्को व्यङ्ग्य ग¥यो । ‘नेका र एमाले मिलेपछि जहिले पनि राप्रपा अगाडि आउनु के काकताली हो वा अन्तर्राष्ट्रिय दबाब हो ? त्यो पनि दक्षिण र पश्चिमको ?’
अर्कोतिर प्रचण्डलाई व्यङ्ग्य ग¥यो, ‘खास त प्रतिपक्ष ‘प्रचण्ड’ होइन ‘एमाले’ हो संसद्का सदस्यहरूको गन्तिमा ¤ प्रचण्ड केको प्रतिपक्ष ?’
काङ्ग्रेसलाई त अहिले सबै किसिमको लाज पचिसकेको छ – नङ्गा नाचे हजार दाउ ¤ सबभन्दा ठुलो दल भएर पनि सरकार नचलाउनु, आफ्नो परराष्ट्रमन्त्री हुँदा पनि तटस्थता जोगाउन नसक्नु, इजरायल र युक्रेनको समर्थन गरेर संसारमा बदनाम र घट्दो एवं अस्ताउँदो शक्तिको पिछलग्गू बन्नु ऐतिहासिक, भौतिक र नैतिकरूपले नेपाली काङ्ग्रेसलाई भविष्यमा घृणा गर्नेछ र आफ्नै सन्तानहरूले जसरी राणाहरूलाई जनताले घृणा गर्छन् । यसैलाई भनिन्छ, मूर्खता !
‘भिजिट भिसा प्रकरण’ मा ‘गृहमन्त्री लेखक निर्दोष रहेको काङ्ग्रेसको ठहर’ ‘दोषीहरूलाई ओझेलमा पार्न राजनीतिक हमलाको प्रयास ।’ (नेपाल समाचारपत्र, २१ जेठ २०८२ )
नैतिकता हृदय र मस्तिष्कको आवाज र माग हो । अरूले कसैलाई मानिसबाट तल झार्नको निम्ति तारिफ गरेर कहीँ बस्न र मुख हेर्न नहुने स्थितिमा थान्को लगाउने छन् –मित्रको नाममा शत्रुको व्यवहारले ।
मित्रले चाप्लुसी नगरी ‘यो ठीक छैन, ढिलो गर्नु इज्जतले दिँदैन’ भनी सम्झाउने छन् ।
अब निर्णय गर्ने भविष्यको निम्ति हो, वर्तमानको निम्ति मात्र होइन काङ्ग्रेसको निम्ति ।
Leave a Reply