ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
भक्तपुर, २१ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ वडा ९ सूर्यमढी एकाइ समितिको आयोजनामा कानुनी साक्षरतासम्बन्धी महिला भेला भयो ।
भेलामा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कानुनी व्यवस्थाका बारेमा राज्यले नै सचेत गराउनुपर्ने हो तर दायित्व निभाइरहेको छैन भन्नुभयो । समाजमा विभिन्न कानुनी रूपमा उत्पन्न समस्याले जनता पीडित भइरहेको हुँदा कानुनका विभिन्न पक्षमा जानकारी राख्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
हरेक कानुनी समस्याको समाधान समयमै गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ज्ञान भएन भने दुःख पाउने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष रामेश्वरी कोजूले देश अहिले अस्तव्यस्त भइरहेको छ† दिनानुदिन युवा बिदेसिने क्रम बढ्दो छ† विभिन्न अराजक गतिविधि बढ्दो छ र बेरोजगारी समस्या बढिरहेको छ भन्नुभयो ।
शासक दलहरू आपसी भागबन्डा र व्यक्तिगत स्वार्थमा लिप्त भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्थाको व्यापक छलफल गर्नुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष सविना प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष सत्यलक्ष्मी कुसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply