हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
- कार्तिक ८, २०८२

भक्तपुर, २१ जेठ । डिप्रेसन अर्थात् दिक्दारी रोगले यतिबेला नेपालमा मात्रै होइन, विश्वभर नै प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो वर्ष संसारभर कुल जनसङ्ख्याको १७–१८ प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ ।
डिप्रेसन कम कडा खालको मानसिक रोग हो । यो दिक्दारी रोग हो । यो सधैँ दिक्दारी देखिने अर्थात् निराश देखिने रोग हो । दैनिक जीवनमा त्यसको आधारमा विभिन्न अवस्थाबाट हाम्रो मन गुज्रिन्छ । तर, सामान्य अवस्थामा स्वस्थ मानिसमा कुनै फरक अवस्थामा भन्दा बढी पुगेको छ भने लामो समयसम्म एउटै मनको अवस्थामा हामी कहिल्यै पनि बस्दैनौँ । यदि केही कारणले कोही दुःखी भएको छ भने केही समयपछि सामान्य अवस्थामा मन फर्किन्छ । मन आतिएको छ भने मन आतिएको कारण छटपटिसकेपछि केही समयपछि आतिने समस्या आफै ठिक्क हुन्छ । यो भनेको सामान्य अवस्था हो ।
हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर, कहिलेकाहीँ केही विशेष कारणले गर्दा मन दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामी डिप्रेसन भन्छौँ ।
डिप्रेसन किन हुन्छ ? के कारणले हुन्छ ? भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुनसक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । मस्तिष्कमा पाइने डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हर्मोनले समेत यसमा असर पारेको हुन्छ ।
नर्विक अस्पतालका डाक्टर आरती थापाले डिप्रेसनको बारेमा भन्नुहुन्छ, विश्व स्वास्थ्य सङ्गठनले (डब्लुएचओ) को प्रक्षेपणअनुसार ८ जनामा १ जनालाई डिप्रेसन भएको हुन्छ । हरेक वर्ष मानिसहरू १७ देखि १८ प्रतिशतसम्म डिप्रेसनको सिकार भएका छन् भने कोरोनाको महामारीको समयपछि २६ प्रतिशतले वृद्धि भएको खुलाएको छ । डिप्रेसन र ब्ल्ह्क्ष्भ्त्थ् का दुई वटा लक्षण हुन्छ । एउटा, मनोवैज्ञानिक र अर्को शारीरिक लक्षण मनोवैज्ञानमा खास गरी डर, त्रास, नराम्रा सोच आउनु र नकारात्मक विचार पर्दछ भने शरीरको विभिन्न अङ्गहरूमा आउने मुटुको धड्कन बढ्ने, पेटमा असहज, वाकवाक हुने, शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारमा २८ करोड मानिसहरू डिप्रेसनको सिकारमा परिसकेका छन् । कुनै पनि घटेका घटना, दुर्घटना अथवा तनावको स्थितिलाई समाधान गर्न सकियो भने डिप्रेसन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिकरूपले झेल्न सकिएन भने डिप्रेसन उत्पन्न हुन्छ ।
Leave a Reply