जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पाहाँ छेँ सत्तल पुनःनिर्माणको लागि बिहीबार शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरका अन्य सम्पदाहरू जस्तै पाहाँ छेँ सत्तल पनि प्राप्त प्रमाणको आधारमा मौलिक स्वरूपमा पुनःनिर्माण गर्न जोड दिनुभयो ।
भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने भक्तपुर नपाको लक्ष्य विस्तारै पूरा हुँदै छ भन्नुभयो ।
भक्तपुरमा रोजगारी सिर्जनाका धेरै अवसरहरू रहेको बताउँदै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर नपाले यहाँका सम्पदाहरू आफ्नै स्रोतमा संरक्षण गर्दै आएको उल्लेख गर्दै नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले नपा अगाडि बढिरहेको बताउनुभयो ।
सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित पाहाँ छेँ सत्तल ऐतिहासिक रूपले महत्वपूर्ण रहेको चर्चा गर्दै सत्तल पुरानै स्वरूपमा पुनःनिर्माण गर्न अध्ययन भइरहेको बताउनुभयो ।
कार्यक्रममा पाहाँ छेँ सत्तल पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामहरि गोरा र कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply