सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२
भक्तपुर, २४ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ऋण उपसमितिको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जेठ ९ गते जारी गरेको निर्देशन तथा मापदण्ड २०८२ को व्यवस्थाबारे संस्थाका ऋणीहरूलाई सचेतना तथा अभिमुखीकरण गर्न शनिबार ऋणी भेला सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले नेपाल राष्ट्र बैङ्क र प्राधिकरणले जारी गरेको मापदण्ड र निर्देशनलाई पालना गर्न संस्थाका सदस्यहरूसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो । ४ अर्ब ४० करोडको वासलात रहेको यो संस्था चलाउन संस्थाका सदस्यहरूकै महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ । प्राधिकरणले जारी गरेको मापदण्ड तथा निर्देशिकाअनुसार संस्थाबाट ऋण लगेर नियमित किस्ताबन्दीमा नतिर्ने ऋणीको कर्जा सूचना केन्द्रमा जानकारी दिनुपर्ने र कालोसूचीमा परेका ऋणीका लागि सबैतिर बाटो बन्द हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले त्यसअनुसार एक व्यक्तिले एक सहकारी मात्र रोज्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिले नयाँ मापदण्ड र निर्देशिकाले ऋणीहरूलाई प्रत्यक्ष असर पर्ने भएकाले सचेतनास्वरुप भेला कार्यक्रम राखेको स्पष्ट पार्दै एक दुईवटा खराब सहकारीका कारण ल्याएको यो मापदण्ड र निर्देशिकाले बहुसङ्ख्यक सहकारीका सदस्यलाई अप्ठ्यारो परेमा सहकारी संस्थाहरूले आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले ऋणी भेला पनि त्यसकै निरन्तरता भएको स्पष्ट पार्नुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जुले जेठ २२ सम्मको संस्थाको वित्तीय विवरणबारे स्पष्ट पार्दै प्राधिकरणको सहकारी मापदण्ड र निर्देशिकाबारे बुँदागत रूपमा औँल्याउनुभयो । उहाँले संस्थालाई सहज बनाउन सबै सदस्यहरूले साथ दिनुपर्ने र कुनै पनि समयमा लागु गर्न मानसिकरूपमा तयार रहनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका लक्ष्मीप्रसाद कुसीले स्वागत गर्दै संस्थाले भक्तपुर आदर निकेतन सञ्चालन गरी सदस्य परिवारलाई साथ दिई सामाजिक कर्तव्यबोध गरेको बताउँदै संस्था अघि बढ्न बढाउन ऋणीको मुख्य भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा ऋण अधिकृत अन्जना छुस्याबाग, सदस्यहरू रवि खड्का, सत्यराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply