जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२

लस एन्जेलस, २५ जेठ (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् ।
यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो ।
अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य सेनाको सङ्घीय नियन्त्रण लिएर सैनिकहरूलाई देशको दोस्रो ठुलो सहरमा धकेलेका छन् । त्यहाँ सैनिकहरूले प्रदर्शनकारीहरूको सामना गर्न सक्छन् । यो दुर्लभ कदम हो जसलाई गभर्नर गाभिन न्युसमले ‘जानाजानी उत्तेजक’ भन्नुभएको छ ।
ठुलो ल्याटिनो जनसङ्ख्या भएको सहरमा दर्जनौँ आप्रवासीको गिरफ्तारीमा आक्रोशित भीडतिर सङ्घीय एजेन्टहरूले फ्ल्यास–ब्याङ ग्रेनेड र अश्रु ग्यास प्रहार गरेको दुई दिनको भिडन्तपछि यो घटनाक्रम विकास भएको हो ।
फुटेजमा व्यस्त चौबाटोमा आगो लगाइएको कार देखाइएको छ भने सामाजिक सञ्जालमा प्रसारित भिडियोमा मोटरबाइक हेलमेट लगाएका एक व्यक्तिले द्रुतगतिमा चल्ने सङ्घीय सवारी साधनहरूमा ढुङ्गा फ्याँक्दै गरेको देख्न सकिन्छ ।
प्रदर्शनकारीहरूले एजेन्टहरूलाई ठट्टा गरेको र उनीहरूको फोनमा छायाङ्कन गरेको देख्न सकिन्छ ।
अन्य दृश्यहरूमा प्रदर्शनकारीहरूले शान्ति कायम राख्न बोलाइएका स्थानीय कानुन प्रवर्तनकर्ताहरूको लाइनमा आतसबाजी फ्याँकेका थिए ।
क्यालिफोर्नियाका डेमोक्रेटिक नेताहरूलाई ‘कमजोर’ भनेर दोष लगाउँदै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शनिबार बेलुका भन्नुभयो, “राष्ट्रपति ट्रम्पले अराजकता फैलाउन अनुमति दिइएको छ भनेर सम्बोधन गर्न दुई हजार नेसनल गार्ड तैनाथ गर्न राष्ट्रपतीय ज्ञापनमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्प प्रशासनसँग आपराधिक व्यवहार र हिंसाका लागि शून्य सहिष्णुता नीति छ, विशेषगरी जब त्यो हिंसा कानुन प्रवर्तन अधिकारीहरूले आफ्नो काम गर्न खोजिरहेका छन् ।”
आरक्षित सेना नेसनल गार्ड प्रायः प्राकृतिक प्रकोपहरूमा प्रयोग गरिन्छ । जस्तै लस एन्जलसको आगलागीपछि र विरलै नागरिक अशान्तिका घटनाहरूमा । सन् २०२० मा जर्ज फ्लोइडको हत्यापछि यसलाई लस एन्जलसमा तैनाथ गरिएको थियो ।
ट्रम्पका बारम्बारविरोधी र रिपब्लिकनका लामो समयका शत्रु न्युसम शनिबारको ह्वाइट हाउसको आदेशको निन्दा गर्न सामाजिक सञ्जालमा आउनुभयो ।
उहाँले एक्स लेख्नुभयो, “त्यो कदम उद्देश्य पूर्णरूपमा भड्काउने हो र यसले तनाव मात्र बढाउनेछ । लस एन्जलस अधिकारीहरू एक क्षणको सूचनामा कानुन प्रवर्तन सहायता पहुँच गर्न सक्षम छन् । हामी सहर र काउन्टीसँग नजिकको समन्वयमा छौँ र हाल त्यहाँ कुनै अपूर्ण आवश्यकता छैन । यो गलत मिशन हो र यसले जनताको विश्वासलाई बिगार्नेछ ।”
ट्रम्पका रक्षामन्त्री पिट हेग्सेथले नजिकैका नियमित सैन्य बलहरू संलग्न हुनसक्ने चेतावनी दिँदै तनावलाई अझ बढाउने धम्की दिए ।
“यदि हिंसा जारी रह्यो भने क्याम्प पेन्डलटनमा सक्रिय ड्युटी मरिनहरू पनि परिचालन हुनेछन् – तिनीहरू उच्च सतर्कतामा छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
जनवरीमा पदभार सम्हालेदेखि रिपब्लिकन ट्रम्पले कागजातविहीन आप्रवासीहरूको प्रवेश र उपस्थितिमा कडा कारबाही गर्ने वाचा गर्नुभएको छ – जसलाई उहाँले ‘राक्षस’ र ‘जनावर’ सँग तुलना गर्नुभएको छ ।
शनिबारको गतिरोध प्यारामाउन्टको उपनगरमा भयो । त्यहाँ प्रदर्शनकारीहरू कथित सङ्घीय सुविधामा भेला भएका थिए, जसलाई स्थानीय मेयरले एजेन्टहरूको स्टेजिङ पोस्टका रूपमा प्रयोग भइरहेको बताउनुभएको थियो ।
शुक्रबार मास्क लगाएका र सशस्त्र अध्यागमन एजेन्टहरूले लस एन्जलसका अलग–अलग भागहरूमा उच्च–प्रोफाइल कार्यस्थलमा छापा मारेका थिए, क्रोधित भीडलाई आकर्षित गरेका थिए र घण्टौँ लामो गतिरोध सुरु गरेका थिए ।
लस एन्जलसका मेयर करेन बासले सङ्घीय आप्रवासन प्रवर्तन कार्यहरूपछि सहरका केही बासिन्दाले ‘डर महसुस’ गरेको स्वीकार गर्नुभयो ।
“सबैलाई शान्तिपूर्णरूपमा विरोध गर्ने अधिकार छ, तर मलाई स्पष्ट हुन दिनुहोस् ः हिंसा र विनाश अस्वीकार्य छ र जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ,” उहाँले एक्समा भन्नुभयो ।
सडक अवरोध र नारा
एफबीआईका उपनिर्देशक डान बोङ्गिनोले शुक्रबारको झडपपछि धेरैलाई पक्राउ गरिएको बताउनुभयो ।
“तपाईँले अराजकता ल्याउनुहुन्छ, र हामी हत्कडीहरू ल्याउँछौँ । कानुन र व्यवस्था कायम रहनेछ,” उहाँले एक्समा भन्नुभयो ।
शनिबार अध्यागमन र भन्सार प्रवर्तन (आइसीई) एजेन्टहरू बाहिर निस्कन भन्ने नाराका बिचमा केही प्रदर्शनकारीले मेक्सिकाली झण्डा फहराएको र अरूले अमेरिकी झण्डा जलाएको लस एन्जलस टाइम्सले रिपोर्ट गरेको छ ।
सिमेन्टका ब्लकहरू र पल्टिएका किनमेल कार्टहरूले कच्चा सडक अवरोधका रूपमा काम गरे । भिडले नजिकैको फ्रिवेबाट बाहिर निस्किएको युएस मार्सल सर्भिस बसलाई आक्रमण गरेको थियो । अधिकारीहरूले पछि प्रदर्शनकारीहरूलाई राजमार्ग कब्जा गर्नबाट रोक्न र नयाँ मानिसहरूलाई भित्र छिर्नबाट रोक्न ¥याम्पहरू बन्द गरे ।
ह्वाइट हाउसले विरोध प्रदर्शनको विरुद्धमा कडा कदम चालेको छ । उप चिफ अफ स्टाफ स्टिफन मिलरले उनीहरूलाई ‘संयुक्त राज्य अमेरिकाको कानुन र सार्वभौमिकताविरुद्धको विद्रोह’ भन्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर लस एन्जेलस देशको सबैभन्दा विविधतापूर्ण ठाउँहरूमध्ये एक हो ।
अमेरिकी जनगणनाको तथ्याङ्कअनुसार करिब ५० हजार मानिसको घर प्यारामाउन्ट उपनगरमा ८२ प्रतिशत हिस्पानिक वा ल्याटिनो छन् ।
Leave a Reply