जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२

नेपाल मजदुर किसान पार्टीले कार्यकर्ताहरूलाई देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीतिमा समर्पित भएर लाग्न शिक्षित गर्दै आएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक अध्ययन गरेका कार्यकर्ताहरूमा वर्गीय समाजलाई बुझ्ने स्पष्ट क्षमता विकास हुनेछ ।
सरकारमा गएका नेताहरू बिग्रिएको हुँदा देश र जनतालाई दुःख भएको हो । भारतीय पुँजीपति वर्गका एक प्रतिनिधि रामदेवलाई ‘योग गुरु’ मानेका नेपालका प्रधानमन्त्री र मन्त्रीहरू काठमाडौँ टुँडिखेलमा बिहानै पुगेर योगको नाममा उठबस गरेको हुँदा रामदेवको पतञ्जली कम्पनीले काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र सो जग्गा प्लटिङ गरी बिक्री गराउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई दलाल बनाएको छ । पूर्वप्रम नेपालविरुद्ध अख्तियार दुरुपयोगको आरोपमा मुद्दा दर्ता भई अहिले उनको सांसद पदसमेत निलम्बनमा परेको हो । मन्त्रीपरिषद्बाट नीतिगत निर्णयको नाममा भएका भ्रष्टाचारका काण्डहरू वाइडबडी, गिरीबन्धु, ओम्नी, नेपाल ट्रस्टको जग्गालगायत काण्डका जिम्मेवारहरूमाथि पनि छानबिन र कारवाही हुनु जरुरी छ ।
यात्रु प्रवेशाज्ञा (भिजिट भिसा) मा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने भ्रष्टाचारका काण्डमा २०६४ साल यताका सबै गृहमन्त्री परेको सार्वजनिक भयो । वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने सरकारका जिम्मेवारहरूलाई जवाफदेही बनाउनु आवश्यक छ । “चोरलाई चौतारो, साधुलाई शुली” को स्थिति अन्त्य हुनु जरुरी छ । भिजिट भिसामा भएको भ्रष्टाचार विषयमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजिनामा र संसदीय छानबिन समिति गठन गर्ने माग राखी जेठ १३ गतेयता प्रतिनिधिसभाको बैठक अवरोध गर्दै छ । यसमा सुरुमा रास्वपा, राप्रपा र माधवको नेकपा (एस) पनि सहभागी थियो । अहिले राप्रपा विपक्षी दलको बैठकमा सहभागी भएको देखिँदैन ।
सर्वोच्च अदालतले माओवादीका नेता एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई काभ्रेका अर्जुन लामा हत्या अभियोगमा कार्वाई सुरु गरेपछि माओवादीले प्रतिनिधिसभाको बैठक सुचारु गर्न रचनात्मक सहयोग गर्ने निर्णय ग¥यो । रास्वपा गृहमन्त्रीको राजिनामा छोडेर छानबिन समिति गठनमा झरेको छ । यता सरकार छानबिन समिति पनि गठन नगर्ने नियतमा छ ।
शासक दलहरूले अदालतलाई प्रभाव पारी आफ्नो अनुकूल निर्णय गराएको शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हो । सरकारी दलका कतिपय सांसदविरुद्ध अख्तियार दुरुपयोग र फौजदारी मुद्दा दर्ता भई निलम्बनमा पनि परे तर ती कतिपय सांसदको निलम्बन फुकुवा भई उनीहरू संसद्मा छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले “पिँडालु खाएको सुँगुर र पैसा खाएको कार्यकर्ता ठीक नहुने” बताउनुभएको हो । यो सत्यलाई नेकाबाट वागमती प्रदेशका मुख्यमन्त्री भएका बहादुरसिंह लामाले पनि वाग्मती प्रदेशसभा बैठकमा दोहो¥याउनुभयो । सरकारमा गएका नेका, एमाले, माओवादी, रास्वपा, राप्रपालगायतले आफ्ना कार्यकर्तालाई सुसंस्कृत बनाउन नसक्दा भ्रष्टाचार बढिरहेको हो । नेमकिपाका कार्यकर्ताहरू लोभ र भ्रष्टाचारमा पर्नु हुँदैन, उपभोक्ता समितिको काम ठेकेदारलाई गराउनु हुँदैन, जनताको सहभागितामा सम्पन्न गर्न लागिपर्नु जरुरी छ ।
भक्तपुर नगरपालिकाले सात ओटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिका विद्यार्थीलाई सस्तोमा उच्च शिक्षा प्रदान गर्दै आएको छ । भक्तपुर नगरपालिकाले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालनको लागि विधेयक पारित गरिदिन आग्रह गर्दै छ । तर, सरकार भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न संविधानअनुसार नमिल्ने भनी बखेडा निकालेर सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षाबाट वञ्चित गर्ने दुस्प्रयास गर्दै छ । सरकारले ख्वप विश्वविद्यालय अुनमति नदिने नियत राखी यो बखेडा निकालेको देखिन्छ । जनतालाई शिक्षा दिने सरकारले संविधान संशोधन गरेर पनि भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालयको विधेयक पारित गरेर दिनुपर्ने होइन र ? २०७३ सालमा यही संविधानअनुसार ख्वप विश्वविद्यालयको विधेयक सांसदहरूलाई वितरणसमेत भइसकेको हो, अहिले किन रोक्नु प¥यो ? संविधानको साझा सूचीमा शिक्षा उल्लेख भएको हुँदा सङ्घीय संसद्ले विधेयक पारित गर्न मिल्छ ।
सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सले सबथोकको निर्णय अर्थतन्त्रले गर्ने निष्कर्ष निकाल्नु भएको हो । अहिले नेपालमा पनि पुँजीपतिवर्गको प्रभावमा सरकार रहेको छ । नेका, एमाले, माओवादीलगायत शासक दलहरूमा विदेशी पुँजीका दलालहरू घुसेका छन् । यसकारण जुनसुकै पार्टीको सरकार आएपनि देश र जनतालाई दुःख भएको हो । कार्ल माक्र्सले “पुँजीपति वर्ग नाफाको निम्ति झुन्डिन तयार हुने” बताउनु भएको हो । अहिले नेपालगलायत संसारका पुँजीवादी देशहरूमा यही दृष्य देखिएको छ । नेपाली जनता सचेत हुनु आवश्यक छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ जेठ २४ गते शनिबार चाँगुनारायण नगरपालिका वडा नं ८, सुडालमा सम्पन्न कार्यकर्ता भेलामा राख्नुभएको विचार :सं)
सरकारमा गएकाहरू भ्रष्टाचारी नभए रोजगारी देशभित्रै मिल्ने
कलियुगको अर्थ पुँजीवादी बन्दोबस्त हो । पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्ग नाफाको लागि झुन्डिन तयार हुन्छ । नेपाल क्रान्तिकारी महिला सङ्घका समर्थक र कार्यकर्ताहरू यो यथार्थबाट जानकार हुनु जरुरी छ । नेपाल क्रान्तिकारी महिला सङ्घले विज्ञानसम्मत विषयलाई उठाउँदै अन्धविश्वासको खण्डन गर्नु जरुरी छ ।
व्यक्तिगत सम्पत्तिको सुरुआतसँगै समाजमा तेरो–मेरो, विवाद, झगडा, हिंसा, युद्धसमेत हुँदै आएको हो । यसको समाधान समाजवादी गणतन्त्रले मात्र गर्नेछ । पुँजीपतिवर्गले सरकारलाई मुट्ठीभरको स्वार्थको लागि प्रयोग गर्छ ।
महिलाहरू आमासमेत हुने हुँदा स्वास्थ्यको लागि हानिकारक खाद्यान्न चाउचाउ, आलु चिप्स, कोक, फान्टा, तयारी बट्टाको जुसलगायत बालबालिका र वयस्कलाई खुवाउन नहुनेतर्फ सचेत हुनु आवश्यक छ । आमाको गर्भमा ९ महिना र जन्मिसकेपछि बाहिर २ वर्षको समय उचित पोषण पाएका बालबालिकाको ८० प्रतिशत मस्तिष्क विकास भइसक्ने सार्वजनिक भयो । आमाबाबुले मदिरा र सुर्तीजन्य पदार्थ उपयोग गरे बालबालिकाको मस्तिष्क कमजोर हुने पनि विज्ञहरूको मत रहेको छ । यो विज्ञानसम्मत विषयमा नेपाली समाज अझै सचेत भइसकेको छैन । यसको मुख्य कारण सवैले शिक्षा नपाउनु हो ।
सरकारमा गएका नेताहरूले भ्रष्टाचार गरेनन् भने नेपाली युवालाई विदेश पठाउनुपर्ने थिएन । दाल, चामल, तरकारी फलफूल भारत र अन्य देशबाट खरिद गर्नुपर्ने थिएन । प्रधानमन्त्री र मन्त्री, उच्चपदस्थहरू काठमाडौँ उपत्यकामा बसाइँसराइमा आएको हुँदा देशको सन्तुलित विकास नभएको हो । काठमाडौँ उपत्यकाबासीले आफ्नो जमिन बिक्री नगरी सुरक्षित राख्नु जरुरी छ । सरकारले यहाँका जनतालाई आवश्यक कानुनी व्यवस्था गरी काठमाडौँ उपत्यकाको जग्गा संरक्षण गर्न सहयोग गर्नु आवश्यक छ । काठमाडौँ उपत्यकावासी अधिकांशको घर २०७२ सालको भूकम्पमा भत्किएको हो । कतिपयले भत्किएको घर पुनःनिर्माण गर्न जग्गा बेच्नुप¥यो । ‘घर ढलान जग्गा चलान’ उखान जस्तै बन्यो ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ जेठ २४ गते शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा–४, बोलाछेँ समितिको आयोजनामा सम्पन्न प्रवचन कार्यक्रममा राख्नुभएको विचार : सं)
Leave a Reply