भर्खरै :

जताततै बेथिति नै देशको सुशासन ?

जताततै बेथिति नै देशको सुशासन ?

देशको राजनीतिक स्थितिबारे सर्वसाधारण नेपाली मात्र होइन शासक दलका नेता, मन्त्री र सांसदहरू नै असन्तुष्ट छन् । यसले देशको राजनीति चित्तबुझ्दो ढङ्गले अघि नबढेको थाहा हुन्छ । देश आर्थिक सङ्कटमा छ । देशको शैक्षिक स्थिति नाजुक छ । स्वास्थ्य समस्या ज्यूँका त्यूँ छ । सरकारले देशभर अस्पताल पु¥याउन नसकेको हुँदा नेपाली जनता उपचारको निम्ति महँगो निजी अस्पतालमा जान बाध्य छन् । अस्पताल भए पनि औषधि पर्याप्त हुँदैन; पर्याप्त चिकित्सक हुँदैन । जिल्ला जिल्लाको नगर र गाविसको वडा वडामा पुग्ने बाटोघाटोको राम्रो व्यवस्था छैन । सिँचाइको व्यवस्था पनि जिल्ला जिल्लामा पुगेको छैन । घर–घरमा खानेपानी पु¥याउने सरकारको काम पूरा भएको छैन । विकास योजना गाउँ–गाउँमा पुगेको छैन । विकास योजना समयमा पूरा हुँदैन । विकासमा बढी चुहावट हुन्छ । सरकारले सुशासन र विधिको शासनको कुरा फुकिरहे पनि भ्रष्टाचार, अनियमितताले समाजलाई ढाकेको छ । एकजना गायकले गीतमा ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ भनेझैँ देशको राज्यस्रोतमा रजाइँ भइरहेको छ । अनि प्रम ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनेर फुकेरै के गर्ने ?
जेठ १९ गतेको कान्तिपुरमा ‘सत्ताको संरक्षणमा विश्वविद्यालयमा अराजकता’, ‘नेपाल समाचारपत्र’ मा ‘बिचौलियाको कैद राजनीति’, ‘देशको बेरुजु र राज्य कोषको दोहन’, ‘नयाँ पत्रिका’ मा ‘कर्णाली विकास बैङ्कको संस्थापक अध्यक्ष राय पक्राउ !’, नक्कली ऋणी बनाएर साढे दुई अर्ब घोटाला’, ‘नागरिक’ मा ‘सशस्त्र एआईजी बढुवामा पहिलो पटक मिचियो वरियता’ आदि शीर्षकका समाचार छापिए । यी शीर्षकका समाचारले देश कतातिर गइरहेको छ भने आकलन गर्न सकिन्छ । त्रिविलाई शैक्षिक केन्द्र बनाउने कि अराजक कार्यकर्ताहरूको उत्पादन थलो भन्ने प्रश्न देशका प्राध्यापक र बुद्धिजीवीहरूले उठाएका छन् । शैक्षिक केन्द्रलाई आपराधिक गतिविधिको थलो बनाउने प्रयास शासक दलकै भ्रातृ सङ्गठनले गरिरहेको कुरा विद्यार्थीहरू बताउँछन् ।
सरकार र पार्टीभित्र बिचौलियाहरूको प्रवेश या सक्रियताले हुने नहुने काम भइरहेको छ । बिचौलियाहरूकै कारण देश अनियन्त्रित हुँदै गएको हो; सर्वसाधारण जनता मर्कामा परेका हुन् । बिचौलियातन्त्र मौलाउनु नीतिगत असफलतामात्र होइन शासन प्रणालीमै विचलनको स्थिति आएको देखिन्छ । यसबारे सरकारको नेतृत्व गर्ने दलका नेताहरूले आत्मसमीक्षा गरेको पाइँदैन । राज्यकोषको दुरुपयोगको बयान गर्न साध्य छैन । देशमा वित्तीय सुशासन स्थापित गर्नुको सट्टा भ्रष्टाचार र अनियमितता बढ्दा देशको बेरुजु अङ्क कहालीलाग्दो छ । देश र देशवासी नागरिकहरूलाई सेवा सुविधा या राहतको अनुभूति दिलाउनुभन्दा ‘लुट्न’ र ‘चुस्न’ उद्यत भइरहेको गुनासो नयाँ होइन ।
नक्कली ऋणी बनाएर साढे दुई अर्ब अपलचन गरेका कर्णाली विकास बैङ्कका संस्थापक अध्यक्ष एवं पूर्वसीईओ राजेन्द्रवीर राय पक्राउ परेको खबर प्रकाशमा आयो । अध्यक्ष राय २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका व्यक्ति थिए । राष्ट्र बैङ्कले कर्णाली विकास बैङ्कको अनुसन्धान सुरू गरेपछि अध्यक्ष राय फरार भएको खबर पनि प्रकाशमा आयो । तर, पछि उनलाई सीआईबीको टोलीले भारतको लखनउबाट पक्राउ ग¥यो । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा प्रयोग गर्न सकिने गरी ल्याएको नियमावली तत्काल खारेज गर्न र अरू प्रदेश सरकारले पनि सवारी ऐनविपरीत नियमावली ल्याउन तयारी गरिरहेको विरोधमा यातायात व्यवसायीहरूले सोमबार देशभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरे । राजावादीहरूको आन्दोलन चालु छ । सरकारको कार्यशैली सही नभएको, आफ्ना पक्षकाले जस्तो अपराध गरे पनि छुट दिने या टुलुटुलु हेर्ने गरेको कारण देशमा सरकारको विरोध बढेको हो; असन्तोष बढेको हो ।
दुई ठुला दलको नेतृत्वमा सरकार बनेपछि विगतमा भन्दा बढी विकास हुनुपथ्र्यो; जनताले राहत पाउनुपथ्र्यो† अपराधी र भ्रष्टाचारीहरू कारबाहीमा पर्नुपथ्र्यो† साँच्चै देशमा सुशासनको अनुभूति हुनुपथ्र्यो तर भएन । देशमा यो स्थिति निम्तिनुको कारण शासक दलहरूले देशमा व्यवस्थापन गर्न नसक्नु हो; व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान नजानु हो । देशका सबै ठुला दलले शासन गरिसकेका छन् । तर, कुनै पनि सरकारले विधिपूर्वक शासन गर्न सकेन । यसैको परिणाम देशमा दुर्दशा निम्तिएको हो । बेथिति र दुर्दशाले देश कसरी कसरी बन्छ ? देशमा कसरी सुशासन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *