भर्खरै :

आप्रवासन छापाको विरोधमा प्रदर्शनबिच लस एन्जलसमा कफ्र्यु घोषणा

आप्रवासन छापाको विरोधमा प्रदर्शनबिच लस एन्जलसमा कफ्र्यु घोषणा

वासिङ्टन, २८ जेठ (क्युएनए) । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कफ्र्यु’ लागु हुने घोषणा गर्नुभएको छ ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शनपछि कफ्र्यु लगाइएको हो ।
एक प्रेस सम्मेलनमा बासले कफ्र्यु साँझ ८ः०० देखि बिहान ६ः०० बजेसम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताउनुभयो ।
“म कफ्र्यु जारी राख्नको लागि भोलि निर्वाचित नेताहरू र कानुन प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ”, उहाँले भन्नुभयो ।
आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यु एक आवश्यक उपाय हो भनी जोड दिनुभयो ।
होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आईसीई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *