भर्खरै :

विद्या आर्जन स्कूलमा दीक्षान्त कार्यक्रम

विद्या आर्जन स्कूलमा दीक्षान्त कार्यक्रम

भक्तपुर, २८ जेठ । संस्थागत विद्यालय सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्या आर्जन स्कूलको किन्डरगार्टेन तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरूको दीक्षान्त कार्यक्रम बिरुवामा जल अर्पण गरी उद्घाटन गर्नुभयो ।
शैक्षिक सत्र २०८१ मा प्रि. स्कूल सकेर विद्यालय तह अध्ययन गर्ने बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गरी उच्च शिक्षापछि जनताको सेवा गर्ने विद्यार्थी तयार गर्नुपर्ने विचार व्यक्त गर्दै अतिथि थापाले सत्ता साझेदारी गरेर सिद्धान्तविपरीत कार्य गर्ने मान्छे होइन सही विचार बोक्ने मान्छेको खाँचो रहेको बताउनुभयो ।
सत्तामा लिप्त नेताहरू देशको आवश्यकताअनुसार पाठ्यक्रम बनाउनुपर्नेतिर नलागी व्यक्तिगत स्वार्थमा लागेको अवस्थामा शिक्षकहरू देशको परिस्थिति बोध गराउन अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समारोहमा आफ्ना दुई बालक विद्या आर्जनमा भर्नाअगाडि सिक्किममा अध्ययन गराएको र त्यहाँ १२ः३० मै विद्यालय छुट्ने र लामो समय अध्ययन गराउँदैमा राम्रो नहुने विचार पनि व्यक्त भयो ।
अभिभावक बलराम न्हिसुतुले विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै व्यवहारिक ज्ञान विद्यालयले दिइरहेकोमा खुसी व्यक्त गर्दै गरिखाने शिक्षा दिन सरकारले नीति बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरूलाई अतिथि प्रेमजन थापाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं संस्थापक प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले धन्यवाद दिनुभयो । किन्डरगार्टेनका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *