नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
शनिबार बिहान सी जिनपिङ चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित भएका छन् । बेइजिङमा चालु राष्ट्रिय जनकाँग्रेसको तेह«ौं अधिवेशनले सीलाई सो पदमा एकमतले निर्वाचित गरेको हो ।
६४ वर्षका सी चीनको केन्द्रीय सैनिक आयोगको अध्यक्ष पदमा पनि एकमतले निर्वाचित भएका छन् ।
राष्ट्रपति र सैनिक आयोग प्रमुख पदमा निर्वाचित भएलगत्तै सीले ग्रेट हलमा आयोजित भव्य समारोहबीच संविधानअनुसार पदको शपथ ग्रहण गरेका थिए ।
चिनियाँ राष्ट्रपतिले पदको शपथको यो पहिलो घटना हो । यसअघिका राष्ट्रपतिहरुले यसरी पदको शपथ लिने चलन थिएन ।
सी गएको अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनबाट पार्टीको महासचिव पदमा पुनःनिर्वाचित भएका थिए ।
उनी सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोको स्थायी समितिमा निर्वाचित भई चीनको केन्द्रीय नेतृत्वमा आएका थिए ।
सन् २०१२ मा पहिलो पटक उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव पदमा निर्वाचित भएका थिए । त्यही वर्ष उनी पहिलो पटक चीनको राष्ट्रपति र केन्द्रीय सैनिक आयोग प्रमुख पदमा पनि निर्वाचित भएका थिए ।
Leave a Reply