भर्खरै :

इरफान खानलाई क्यान्सर

बलिउडका कलाकार इरफान खानलाई न्युरोइनडोट्रिन ट्युमर रोग लागेको छ । उनले आफूलाई त्यो बिरलाकोटी रोग लागेको ट्वीटमार्फत् सार्वजनिक गरेका थिए । न्युरोइनडोट्रिन ट्युमर एक प्रकारको क्यान्सर हो । मानव शरीरमा विभिन्न हार्मोनहरु उत्पादन र उत्सर्ग गर्ने भागमा मासु जम्मा हुने यो रोगले गम्भीर विरामी बनाउन सक्ने क्यान्सर नेटमा उल्लेख छ । फोक्सो, आन्द्रा, पेटआदि भाग यो रोगबाट विशेष रुपमा प्रभावित हुन सक्ने सो साइटमा लेखिएको छ ।
खानले आफूलाई ब्रेन ट्र्युमर भएको हल्ला गलत भएको पनि प्रष्ट बनाएका छन् । ५१ वर्षका कलाकार खानका प्रवक्ताले गएको फेब्रुअरीमा गम्भीर जन्डिसबाट प्रभावित भएको सार्वजनिक गरेका थिए ।
खान रोग उपचारका लागि भारतबाहिर जाने भए सँगै विशाल भारद्वाजले निर्देशन गर्ने चलचित्रको छायाँकनमा उनी सहभागी हुन नसक्ने भएका छन् । सो चलचित्रमा इरफान र दिपीका पाडुकोणको प्रमुख भूमिका रहने तय भएको थियो ।
इरफान समकालीन बलिउड उद्योगमा अब्बल दर्जाका गम्भीर कलाकार मानिन्छन् । उनले सस्तो व्यापारिक चलचित्रभन्दा सामाजिक र राजनीतिक भूमिकामा आफ्नो अभिनय कलाको परख देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *