भर्खरै :

देश लुट्नेहरू

केही युवा साथीहरूको एक समूह सूर्यविनायकको जङ्गलको बाटो हुँदै मर्निङ वाक गइरहेको थियो । उनीहरू सूर्यविनायक गणेशको दर्शन सकेपछि त्यसको प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्वबारे कुराकानी गर्दै कस्तो हरियाली, कस्तो रमाइलो अनि कस्तो स्वर्गीय आनन्द; देशभरका जङ्गल, धार्मिक, सांस्कृतिक स्थलको यस्तै संरक्षण भइदिएको भए क्या जाती हुन्थ्यो है ¤ त्यही भएर हाम्रो देशलाई हाम्रा पुर्खाहरूले हरियो वन नेपालको धन बनाएको र भन्ने गरिएको होला भन्दै कुराकानी गर्दै थिए ।
उनीहरू माथि उक्लँदै लिखानारायण जाने गल्छीमा पुगेपछि एक जना साथीको आँखा पर दक्षिण पछि पहाडमा पर्यो । उनले भने, “जङ्गल छेउमै बारीमा काम गरिरहेका किसानको छालाको पातै उप्कने गरी चितुवाले चिथोरेर घाइते पारेजस्तो पहाडै ह्वाङग पारेर वन मास्यो र प्लटिङ गर्यो । देशमा अझ अरु कति यस्ता पहाड, जङ्गल, पर्ती जग्गा लुटिरहेका होलान् । देशमा सरकारै छैन जस्तो छ है ।”
अर्को साथीले पनि थपे, “यस्ता विभिन्न विकासको आवरणमा देश लुट्नेहरूलाई त सरकारले तत्काल पाता कसेर जेल हाल्नुपथ्र्यो । चुनावमा पैसाको खोलो बगाएर जितेर आएका जनप्रतिनिधि, घुस्याहा, भ्रष्टाचारी कर्मचारीहरू, बिचौलिया, जग्गा दलालहरू देश लुटेराहरू हुन् । उनीहरू त पैसा, नाफाको लागि आफू झुन्डिन पनि तयार हुन्छन् भन्छन् । अस्ति काँक्राबारी भन्ने ठाउँमा पनि यस्तै गिरोहहरू पसेका छन् । उनीहरू शासक दलका नेताहरूको आँैलो समातेर हिँडिरहेका हुन्छन् । तर, काँक्राबारीको स्थानीय सचेत जनता कसैको डर, धम्कीको अगाडि नझुकिकन विरोधमा उठेकाले रोकेको भनिन्छ । बालुवातार, योग पतञ्जली, गिरिबन्धुको जग्गा काण्डको समाचार पनि आएको छ । सरकारको भर छैन । मुख्य त स्थानीय जनता नै सङ्गठित र सचेत भएर उठ्नुपर्छ । हामी युवाले पनि देश जोगाउन आवाज उठाइदिनुपर्छ है भन्दै सबै साथीहरू लिखानाराणबाट फर्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *