भर्खरै :

अर्नेस्टो चे ग्वेभारा

अर्नेस्टो चे ग्वेभारा

अर्जेन्टिनाका डाक्टर
अर्नेस्टो चे ग्वेभारा
बिरामीहरूको उपचार गर्दै
पुगे ल्याटिन अमेरिका, अफ्रिका ।

अमेरिकी साम्राज्यवादको
अन्याय, अत्याचार, दमन, शोषण देखेर
विद्रोही भई अघि बढे
स्वतन्त्रताप्रेमी विद्रोही बनी ।

ढुङ्गा खोज्दा देवता मिलेझँै
वातिस्ता तानाशाहविरूद्ध लडेका
फिडेल क्यास्ट्रोको भेटसँगै
क्युवाली मुक्तिको झन्डा बोकी ।

घाइते सेनाको उपचारसँगै
काँधमा बन्दुक बोकी
क्युवाली क्रान्तिको मोर्चा सम्हाली ।

समाजवादको किला गाडी
बिनास्वार्थ सेवा भावले
क्युवाली जनको मनमा रहे
‘चे’ नामले प्रिय बने  ।

अर्नेस्टो चे ग्वेभारा क्युवाका
भूमिसुधार, उद्योगको
क्युवाली राष्ट्र बैङ्क प्रमुख भई
समाजवादलाई डो¥याई
राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा भेला
संयुक्त राष्ट्रसङ्घको महासभामा
क्युवाली प्रतिनिधि भई
साम्राज्यवादको विरूद्ध लडे ।

स्वतन्त्रताको आवाज उठाई
संसार नै मुक्ति गर्न हिँडे
अर्जेन्टिना, बोलिभिया, पेरू
चिली, कङ्गो अफ्रिकामै ।

निःस्वार्थ, निडर, कर्तव्यनिष्ठ
अन्तर्राष्ट्रवादी नेता भई
चम्किरहे छन् आशाका पुञ्ज भई
अर्नेस्टो चे ग्वेभारा आज पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *