बैङ्कहरूले उठाउनै सकेनन् १२ अर्ब, वित्तीय विवरणबाट हटाए कर्जा र ब्याज
- भाद्र ५, २०८२

भक्तपुर, ३१ जेठ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले सङ्घमा आबद्ध १८ वटा संस्थाहरूको ५२ लाखभन्दा बढी रकम प्रभु मेनेजमेन्ट प्रा.लिबाट यथाशीघ्र फिर्ता गर्न पहल गरेको छ । प्रभु मेनेजमेन्ट प्रा.लि.ले नेपालभरीमा प्रभु रेमिन्टको सेवा दिँदै करोडौँ बचत तथा धरौटी लिई रहेकोमा विगत २ वर्षदेखि उक्त कम्पनीले सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरेको छैन । कम्पनीले सम्पूर्ण सेवा बन्द गरी सहकारी संस्थालाई दिनुपर्ने रकम भुक्तानी नगर्दा सहकारी संस्थाहरू पिडित हुनुपरेको छ ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूको नेतृत्वमा बांगलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ, युवा साकोसका व्यवस्थापक विनोद लामिछाने, शंखधर साकोसका व्यवस्थापक राजेन्द्र कायष्थ लगायतको उपस्थितिमा हाल बालुवाटार, काठमाडाँैमा रहेको प्रभु मेनेजमेन्ट प्रा.लि.को कार्यालयमै गई इन्चार्ज रामचन्द्र नेपालीलाई यथाशीघ्र रकम फिर्ताको लागि अनुरोधपत्र बुझाएको छ ।
प्रभु मेनेजमेन्ट प्रा.लि.का रामचन्द्र नेपालीले पत्र बुझ्दै प्रभु मनिट्रान्सफरले प्रभु मेनेजमेन्टलाई सम्झौताअनुसार भुक्तानी दिनुपर्ने रकम भुक्तानी नहुँदा सहकारी संस्थाको बचत फिर्ता गर्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले प्रभु मनिट्रान्सफरसँग रकम भुक्तानीका लागि कानुनी उपचार खोजिँदै आएको बताउनुभयो । मुद्दा नटुङ्गिएसम्म सहकारी बचत फिर्ता गर्न नसकिने भएकोले मुद्दा टुङ्गिउन्जेलसम्म पर्खनका लागि अनुरोध गर्नुभयो ।
Leave a Reply