वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर ३१ जेठ । निओ फ्युजन स्कुल अफ कम्प्युटरद्वारा सञ्चालित निओ फ्युजन ओपन रोभर/रेञ्जर क््रयुमा नव आगन्तुक रोभर रेञ्जरहरूलाई स्काउट विषयक अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय प्रशिक्षक तथा अग्रज स्काउट रामगोपाल कर्माचार्यले आजको समयमा स्काउट शिक्षा निकै महत्वपूर्ण भएको धारणा राख्दै राष्ट्रप्रतिको प्रेम, स्नेह तथा जिम्मेवारी स्काउट शिक्षाले दिने बताउनुभयो ।
स्थानीय स्काउट प्रमुख आयुक्त तथा रोभर लिडर बालकृष्ण बनमालाले स्काउट शिक्षाले समाज तथा राष्ट्रप्रति आफ्ना कर्तव्य तथा जिम्मेवारी वहन गर्न सिकाउने बताउनुभयो ।
निरञ्जन बेकोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानीय सामुदायिक आयुक्त पुष्पा प्रजापति र रोभर लिडर सृजन लवजुले पनि बोल्नुभएको थियो ।
त्यस्तै, निओ फ्युजन स्कुल अफ कम्प्युटरको आयोजनामा फोटोग्राफी तालिम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रशिक्षक बालकृष्ण बनमालाले भक्तपुरदेखि मुहानपोखरी, कलमसी र भक्तपुरसम्मको पदमार्ग गराउँदै क्यामेराको टेक्निकल पार्टहरूलाई व्यवहारिक रूपमा कसरी फोटोग्राफीमा ल्याउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply