भर्खरै :

भारी सामान बोकेका ट्रकहरूको आवतजावतले पुल भासिने खतरा

  • जेष्ठ ३२, २०८२
  • चाँगु र भक्तपुर नगरपालिकाका सम्बन्धित जनता र किसानहरू
  • समाचार

भक्तपुर नगरको पूर्व दिशाको ब्रह्मायणी मन्दिर जाने पुरानो सानो पुलबाट टिपरहरू अर्थात भारी सामान बोकेका ट्रकहरूको आवतजावतले केही दिनभित्रै पुल भासिएर वा छियाछिया भएर आवतजावत बन्द भई जनतालाई दुःख हुने देखिन्छ । यसकारण, भक्तपुर नगरपालिकाको वडा नं. ९ र चाँगु नगरपालिकाको ताथलीका सम्बन्धित वडा मिलेर छलफल सुरू गर्नुपर्ने देखिन्छ ।
ब्रह्मायणी क्षेत्रको पूर्व र दक्षिण भागका घर बस्तीमा र ढलको बन्दोबस्त नहुँदा त्यसबारे सम्बन्धित नगरपालिकाहरूमा वडा अध्यक्षहरूले छिटै छलफल गरी काम सुरू नगरेमा रोपाईंको समयमा धेरै किसानहरूलाई दुःख हुने स्वतः सिद्ध छ ।
आशा गरौँ, छिटै सम्बन्धित निकायहरूको ध्यान गई समस्याको समाधान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *