नगर प्रमुख प्रजापति रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस अवलोकन भ्रमणमा
- कार्तिक २३, २०८२

भक्तपुर, १ असार । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिको आयोजनामा आइतबारबाट पूर्वप्राथमिक तथा प्राथमिक शिक्षकहरूलाई पुनर्ताजगी तालिम एक कार्यक्रमबिच सुरू भएको छ । विद्यार्थी निकेतन माविमा सुरू भएको उक्त तालिममा भक्तपुर नगरपालिका विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले शिक्षण पेसालाई जागिरको रूपमा मात्र हेर्ने प्रवृत्ति गलत छ भन्नुभयो ।
शिक्षकले विद्यार्थीहरूको सामिप्यतामा रहेर सिक्ने सिकाउने क्रियाकलाप गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले परम्परागत धारणाअनुसार विद्यार्थीहरू कक्षामा एक शब्द नबोली शान्त भएर बस्नुलाई अनुशासित भएको मानिन्थ्यो भने वर्तमान अवधारणाअनुसार विषयवस्तुको अवधारणाअनुसार चकचक गर्नु पनि अनुशासन हो भनी बुझ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तालिम भनेको कोही विद्वानले आफ्नो ज्ञान फलाक्ने नभई प्रशिक्षक र प्रशिक्षार्थीहरूले आफूले जानेबुझेका कुराहरू साटासाट गर्ने थलो हुनुपर्छ ।”
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले सरकारले ईसीडी शिक्षकलाई शिक्षकको दर्जा नदिनु गलत भएकोले उहाँहरूको पनि शिक्षक नै भएको बताउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई अब्बल बनाउन विद्यालय र शिक्षकहरूले उपलब्ध स्रोतसाधनहरूको भरपुर प्रयोग गरी शैक्षिक गुणस्तर कायम गर्नु जरुरी छ, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम्
विद्यार्थी निकेतन माविका प्रअ न्हुछेबहादुर खाताखोले आजभोलिको समय सूचना, सञ्चार र एआईको भएकोले शिक्षकहरूले आफूलाई सोहीअनुसार अद्यावधिक गर्न जरुरी छ भन्नुभयो ।
शिक्षकको कमाइ भनेकै आफूले अध्यापन गराएका विद्यार्थीहरूले कुनै तह र तप्कामा बसेर देश र जनताको निःस्वार्थ सेवा गर्ने अवस्थामा पु¥याउनु हो, उहाँले भन्नुभयो । कार्यक्रमको उद्घाटन समारोहमा प्रशिक्षक देवना जोशीले तालिमको प्रक्रिया र औचित्यबारे प्रस्ट्याउनुभएको थियो । चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा शिक्षक केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply