सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा ५ खःला एकाइ समितिको आयोजनामा आइतबार आधारभूत कानुनी साक्षरता कक्षा सम्पन्न भयो ।
कार्यक्रममा भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले देशका सम्पूर्ण नागरिकहरू कानुनी रूपमा जानकार हुनु जरुरी भएको औँल्याउँदै कानुनी रूपमा जानकार हुँदा आफ्नो हक र अधिकारको बारेमा बुझ्नु मात्र नभई बुझाउन पनि सहयोग गर्ने बताउनुभयो ।
नागरिकले हक अधिकारसँगसँगै दायित्व पनि निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । कानुनी ज्ञानको अभावमा राज्यबाट नागरिकले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भइरहेको, दैनिक कामकाजीमा आउने नागरिकहरूले आफ्नो कागजपत्रहरू सुरक्षित गर्न नसक्दा दुःख भोगिरहेको चर्चा गर्दै वडाध्यक्ष बिजुक्छेँले कानुनी राज्यमा कानुनी अनभिज्ञताबाट हुने अपराध क्षम्य नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भनपा ५ खःलाँ समितिका इन्चार्ज बलराम सिबञ्जारले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यजस्ता अत्यन्त आवश्यक सेवालाई मौलिक हक अधिकारमा उल्लेख गरिए तापनि अधिकारबाट वञ्चित भइरहेको बताउनुभयो ।
पार्टीले आफ्नो स्थापनाकालदेखि नै उत्पादनका सम्पूर्ण साधनहरू राज्यले लिनुपर्ने र नागरिकका सम्पूर्ण जिम्मेवारी आफैले लिनुपर्ने आवाज उठाइरहेको उहाँले बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य एवं अधिवक्ता अनिता जधारीले नेपालको संविधानमा उल्लेखित मौलिक हक अधिकारको बारेमा प्रशिक्षित गर्दै कानुन सबै वर्ग र समुदायका व्यक्तिहरूलाई समान हुने बताउनुभयो ।
उहाँले न्यूनतम दैनिक व्यवहारिक जीवन तथा व्यावसायिक जीवनमा लागु हुने र नयाँ बनेका कानुनका बारेमा शिक्षित हुनु आवश्यक भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सरस्वती सिंख्वालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समितिका लिशा दनेखु र सानुछोरी द्योलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply