भक्तपुर बचतको २९ औँ स्थापना दिवसमा डा. मिश्र र अन्तर्राष्ट्रिय खेलाडी राय सम्मानित
- कार्तिक २३, २०८२

काठमाडौँ, २ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १४ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
प्रशिक्षणमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बहुमत भएर पनि कामदारवर्ग विभाजित हुँदा शोषणमा परेको बताउनुभयो ।
कामदारवर्गलाई राजनीतिक रूपमा सचेत र सङ्गठित गर्न कार्यकर्ताहरू सक्रिय रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शिक्षक राम्रो भए विद्यार्थी राम्रो हुनेछ । विद्यार्थी राम्रो भए देश विकास हुनेछ ।”
शिक्षकहरूले देशको निम्ति पढाउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शिक्षक अन्दोलनले तलब र सुविधाको मात्र कुरा गरेको तर शिक्षा र व्यवस्था परिवर्तनबारे कुरा नगरेको बताउनुभयो ।
आफ्नो चीन भ्रमणको क्रममा चिनियाँ विद्यार्थीहरूसँग कुन विषय पढ्ने भनी सोध्दा अधिकांश विद्यार्थीले कृषि विषय पढ्ने चाहना भएको सुनाएको र आफ्नो देशलाई भोकमरी र गरिबीबाट मुक्त गरी आत्मनिर्भर बनाउन कृषि पढेको उत्तर दिएको उहाँले स्मरण गर्नुभयो ।
प्रजग कोरिया र क्युवामा संसद् सदस्यलाई भत्ताको व्यवस्था हुँदैन । तर, नेपालमा भत्ता र सुविधा लिन तथा मन्त्री बन्न संसद् बन्ने सोच गलत छ, उहाँले भन्नुभयो ।
सङ्गत गलत भए असल मान्छेलाई पनि फसाउने हुँदा साथी–सङ्गतमा ध्यान दिनुपर्नेमा उहाँले सुझाव दिनुभयो ।
Leave a Reply