जारशाही संसद्मा बोल्शेभिक सांसद – ६
- कार्तिक २४, २०८२

क्यान्सर अर्थात् अर्बुद रोग नेपालमा पुरुषहरूमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइन्छ । क्यान्सर रोग भन्नाले शरिरका कुनै पनि अङ्गमा कोषिका अनियन्त्रित वृद्धि हुनु हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ९ लाख ७० हजार महिलाहरूको मृत्यु पाठेघरको मुखको क्यान्सरको कारणले हुने गर्दछ । विश्वव्यापीरूपमा १३ प्रतिशत मृत्यु क्यान्सर रोगको कारणले हुने गरेको पाइन्छ । विश्वमा हृदय रोगपछि क्यान्सर रोगले मानव जीवन सर्वाधिक नष्ट गरेको छ ।
क्यान्सर विशेषज्ञहरूको भनाइअनुसार छिमेकी राष्ट्र भारतमा क्यान्सर रोग जुन गतिले फैलिँदै छ अब आउने २०३० सालसम्म विश्वमा सबैभन्दा बढी रोगी भारतमा नै हुनेछन् । भारतमा हरेक वर्ष एक लाख महिलामध्ये ६० महिलाहरू कुनै न कुन प्रकारको क्यान्सर रोगबाट ग्रसित छन् । यो रोगको रोगीको सङ्ख्या निरन्तर बढ्दै छ । विकसित राष्ट्र अमेरिकामा पनि क्यान्सर रोग अत्यधिकरूपमा फैलिएको पाइन्छ । अमेरिकामा ४६ प्रतिशत पुरुष ३७ प्रतिशत महिलाहरूलाई क्यान्सर भएको पाइन्छ । नेपालमा पनि यो रोगी सङ्ख्या बढ्दै छ ।
महिलाहरूमा ४२ प्रतिशत क्यान्सर पाठेघरको र २० प्रतिशत क्यान्सर स्तनको हुन्छ । यो सामान्य ३० देखि ५० वर्षका महिलालाई हुने गरेको पाइन्छ । पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ । त्यसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ । महिलाहरूमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।
नेपालमा महिलामा ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य सङ्ठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गर्दछ जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ । सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो ।
पाठेघर महिलाको प्रजननसम्बन्धी एक प्रमुख अङ्ग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठीक अगाडि र मलद्वार पछाडि रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्युब तथा मांसपेशी तत्वहरूले दुबैतिरबाट अड्याएका हुन्छन् ।
सामान्यतया पाठेघरलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ । सबैभन्दा माथिको फराकिलो भाग जसलाई फन्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ ।
महिलाहरूमा पाइने क्यान्सर रोग :
क) पाठेघरको मुखको क्यान्सर
ख) स्तन क्यान्सर
ग) पाठेघर क्यान्सर
गर्भाशय क्यान्सरका ज्योतिषीय पक्ष
१) सम्बन्धित भाव : गर्भाशयको स्थान कुण्डलीमा अष्टम भावलाई जनाउँछ । नैसर्गिक कुण्डलीको अष्टम भाव अर्थात् वृश्चिक राशीले पनि यसको प्रतिनिधित्व गर्दछ । अष्टम भाव वृश्चिक राशि पीडित भएमा गर्भाशय क्यान्सरको प्रमुख कारण बन्छ । कुण्डलीको पष्ठ भावले सामान्य रूपमा रोग प्रदर्शित गर्दछ । यो भावमा दीर्घकालीन रोग दिने शनि, केतु र राहु वा मङ्गल ग्रह बसेमा क्यान्सर हुने बढी सम्भावना हुन्छ । व्रण योगअनुसार षष्ठेश यदि पाप ग्रह र लग्नेश अष्टम वा द्वादश भावमा बसेमा क्यान्सर रोगको सम्भावना हुन्छ । अष्टमेश यदि पष्ठ भावमा बसेमा विशेषगरी गर्भ र गुप्ताङ्गको रोग हुने सम्भावना हुन्छ ।
२) सम्बन्धित ग्रह : दुर्वल चन्द्रमा, राहु र मङ्गल यदि पञ्चम र सप्तम भावमा बसे पनि गर्भाशय क्यान्सर हुने सम्भावना हुन्छ ।
ज्योतिषमतानुसार चन्द्रमा कुनै पनि राशिको छैटौँ, आठौंँ या बा¥हाँैं भावमा छ तथा त्यसमा तीन पापी ग्रहको दृष्टि छ भने क्यान्सर हुने सम्भावना रहन्छ ।
३) यदि शनि र बृहस्पति कर्कट या मकर राशिमा छ भने जहिले पनि क्यान्सर हुने सम्भावना रहन्छ ।
४) यदि शनि, केतु र बृहस्पतिमा नीच चन्द्रमा वा नीच राशिमा मङ्गलको पूर्ण दृष्टि छ बृहस्पति, केतु र शुक्रको कुनै पनि राशिमा योग छ अथवा चन्द्रमा, केतु, शनि तथा चन्द्रमा, केतु, मङ्गल वा चन्द्रमा राहु कहीँ पनि एकैसाथ बसेका छन् भने क्यान्सर हुने योग बन्दछ ।
५) यसको अतिरिक्त छैटौँ भावमा स्थिर राशिको मङ्गल तथा यसै भावमा द्विस्वभाव राशिका शनि पनि क्यान्सरको कारक मानिएको छ ।
६) कुण्डलीको अष्टमेश र नैसर्गिक कुण्डलीको अष्टमेश मङ्गल दुर्बल र पाप ग्रहको प्रभावमा रहेमा पनि रोग कारक हुन्छ ।
७) गर्भाशय जलीय प्रभावमा भए तापनि जल कारक चन्द्रमा पीडित र दुर्वल र पाप प्रभावमा पनि क्यान्सर रोग हुने सम्भावना हुन्छ । उक्त सम्बन्ध राहु, केतु र शनिसँग भएमा यो रोग हुने सम्भावना हुन्छ । (नेवाःसंस्कार र चिकित्सा ज्योतिष पेज १११, ११२ र ११३)
स्तन क्यान्सर : त्यस्तै स्तन क्यान्सर जन्म कुण्डलीमा केन्द्रस्थान (१, ३, ६, ८) अर्थात् भावमा जब राहु, केतु, चन्द्र र मङ्गल दोषयुक्त सम्बन्ध भएमा क्यान्सर हुने आशङ्का हुन्छ । कालपुरुषको कुण्डलीमा तेस्रो र चौथो भाव (मिथुन र कर्कट राशि) शरिरको वक्षस्थल मानिन्छ । यस भावको स्वामी पीडित भएमा वा छैटौँ भाव (रोग भाव) सँग सम्बन्ध बनाएमा क्यान्सरको रोग हुने आशङ्का हुन्छ ।
स्तन क्यान्सरको सम्बन्धित भाव :
१) लग्न : स्वस्थ हुनको लागि कुण्डलीमा लग्न शुभ एवं लग्नेश वली हुनु आवश्यक पर्दछ । यदि कुण्डलीमा लग्न एवं लग्नेश पीडित भई षष्ठेश षष्ठभाव पापयुक्त भएमा तथा सूर्य पाप ग्रहसँग भएमा त्यस्तो व्यक्तिलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ । सही निणर्यका लागि तीनवटै लग्नबाट विचार गर्नुपर्छ । तीनवटै लग्न भन्नाले, जन्म लग्न, सूर्य लग्न र चन्द्र लग्न हो । अथवा, चन्द्र लग्नमा मङ्गल र शनिको दृष्टि परेमा र चन्द्रमा भावमा अशुभ राशिमा बसे त्यस व्यक्तिलाई क्यान्सर रोग हुने सम्भावना हुन्छ ।
२) सूर्य कुण्डलीमा षष्ठेश, अष्टमेश वा द्वादशको सम्बन्ध भई राहु वा केतुको युत्ति वा दृष्टि परेमा पनि जातकलाई क्यान्सर हुनसक्छ ।
३) कर्कट लग्नको कुण्डलीमा षष्ठेश, अष्टमेश वा द्वादशको सम्बन्ध भई बृहस्पति, शनि वा मङ्गलसँग युत्ति वा दृष्टि सम्बन्ध भएमा पनि क्यान्सर हुन्छ । काल पुरुषको तृतीय एवं चतुर्थ भाव स्त्रीको स्तन स्थान दशाउँछ । यी भावमा वा यस भावको स्वामी पीडित भएमा स्तन क्यान्सर हुन्छ ।
Leave a Reply