नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
तेहरान, ४ असार (एएफपी) । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनी कहाँ लुक्नुभएको छ भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उहाँको हत्या गर्न सक्ने दाबी गर्दै इरानले तत्काल ‘बिनासर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सर्वोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो ।
इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरू गरेको थियो ।
“यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन,“ खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ सर्त भन्नुभएको छ ।
“कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पु¥याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,” उहाँले भन्नुभयो ।
सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय आइएईएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताउनुभएको हो ।
इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका दुई भवन राजधानी तेहरानको नजिकैको कराजमा नष्ट भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बुधबार बताएको छ ।
इजरायली सेनाले तेहरान र वरपरका क्षेत्रमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताएको केही घण्टापछि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको यो घोषणा आएको हो ।
“इरानका दुईवटा सेन्ट्रिफ्युज उत्पादन केन्द्र, टेसा कराज कार्यशाला र तेहरान अनुसन्धान केन्द्रमा आक्रमण भएको आईएईएसँग जानकारी छ”, आईएईएले एक्समा एक पोस्टमा भनेको छ, “दुवै स्थल पहिले जेसीपीओएको भागका रूपमा आईएईए निगरानी र प्रमाणीकरणअन्तर्गत थिए ।” जेसीपीओले इरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ को सम्झौतालाई जनाउँछ ।
“तेहरानको एक स्थलमा भएको अर्को आक्रमणमा एक भवनमा आक्रमण भयो जहाँ उन्नत सेन्ट्रिफ्युज रोटरहरू निर्माण र परीक्षण गरिन्थ्यो”, एजेन्सीले एक्समा अर्को पोस्टमा भनेको छ ।
केही घण्टाअघि एक इजरायली सैन्य वक्तव्यले तेहरान क्षेत्रमा आफ्नो हवाई आक्रमणको वर्णन गरेको थियो ।
“इरानको आणविक हतियार विकास कार्यक्रममा बाधा पु¥याउने व्यापक प्रयासको एक हिस्साका रूपमा तेहरानको सेन्ट्रिफ्युज उत्पादन सुविधालाई लक्षित गरिएको थियो”, इजरायली सेनाले भनेको छ ।
सेन्ट्रिफ्युजहरू युरेनियम संवर्धनका लागि महत्वपूर्ण छन् । यो संवेदनशील प्रक्रिया हो जसले आणविक रिएक्टरहरूका लागि इन्धन वा अत्यधिक विस्तारित रूपमा आणविक रिएक्टरको कोर उत्पादन गर्न सक्छ ।
Leave a Reply