कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका वडा नं. ७ वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ७ वडालाई पूर्ण खोप दिगोपना सुनिश्चित वडा घोषणा गरिएको छ ।
बुधबार भएको उक्त कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले वडामा २०८२ जेठ मसान्तसम्म जन्मदेखि १५ महिनासम्म र १५ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूलाई नेपाल सरकारको खोप कार्यक्रम तालिकाअनुसार दिइने सम्पूर्ण खोपहरू स्थानीय अस्पताल, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र समय समयको खोप अभियानलगायतका गतिविधिहरूमार्फत प्रदान गरिएको जानकारी गराउनुभयो ।
जनप्रतिनिधि र स्वास्थ्य कार्यकर्तामार्फत पुनः सर्वेक्षण गर्दा सबै बालबालिकाहरूलाई सबैखाले खोपहरू दिइएको प्रमाणीकरण भइसकेको हुँदा पूर्ण खोप दिगोपना सुनिश्चित वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
वडामा विभिन्न जिल्लाबाट बसोबास गर्ने मानिसहरू बढेको कारण समय समयमा बालबालिकाहरूको सङ्ख्या घटबट भइरहेकोले खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भनपा स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले पूर्ण खोप दिगोपना सुनिश्चितताको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी, स्वयम्सेविका र प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै वर्षायामसँगै डेङ्गु र कोरोनालगायतका रोगहरू फैलिरहेकोले सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
नगर स्वास्थ्य केन्द्रका चिकित्सा सहायक कमलकेशरी राजचलले घरधुरी सर्वेक्षणअनुसार ७ वडामा जन्मदेखि १५ महिनाभित्रका ८२ जना र १६ महिनादेखि २३ महिनाभित्रका २९ गरी जम्मा १११ जना बालबालिकालाई पूर्ण खोप दिइएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नर्स आस्था सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply