स्थानीय तह जनताको नजिकको सरकार हुँदा जनअपेक्षा स्वाभाविक
- पुष २४, २०८२
भक्तपुर, ४ असार । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा डा. भिक्षु मङ्गल महर्जनको प्रमुख आतिथ्यमा बौद्ध दर्शनअनुसार जीवन दर्शन र निर्वाण प्राप्तिसम्बन्धी प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा डा. भिक्षु मङ्गल महर्जनले गौतम बुद्धले प्रतिपादन गर्नुभएको जीवन र जगतप्रतिको विश्लेषण दुःखको कारण, त्यसको निवारण, निर्वाण प्राप्तिको मार्गबारे बताउनुभयो । उहाँले बौद्ध दर्शनले जीवनलाई परिवर्तनशील, व्यक्ति आफैले भित्रको चेतना बुझेर मुक्ति प्राप्त गर्न सम्भव हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले अष्टाङ्गिक मार्ग सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाक्, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति, सम्यक समाधिबारे बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ७ नं का वडाध्यक्ष एवम् नगर खेलकुद समितिका पूर्वसंयोजक उकेश कवांले हरेक व्यक्तिसँग पर्याप्त ज्ञान नहुने हुँदा आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्ने, बौद्ध दर्शनले तृष्णा र मोहबाट मुक्त हुने उपाय सिकाउँछ भन्नुभयो । उहाँले मानिसलाई आत्म चिन्तन, नैतिक आचरण र मानसिक अनुशासनद्वारा निर्वाण प्राप्त गर्ने मार्ग देखाउने बताउँदै जीवनको साँचो सार बुझ्न, दुःखको कारण चिन्न र त्यसलाई पार गर्न बौद्ध शिक्षा आज पनि अत्यन्त सान्दर्भिक छ भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखु र भक्तपुर जिल्ला बक्सिङ सङ्घका सचिव साजन लघुले धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply