कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ४ असार । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने भएको छ ।
मेलाबारे जानकारी दिने उद्देश्यले सङ्घका अध्यक्ष कमला धौबञ्जाको हस्ताक्षरमा बुधबार प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ –
“भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुर नगरपालिका, कमलविनायकस्थित स्टार बैङ्क्वेटमा मेला हुन लागेको हो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरू, चित्रकला, मूर्तिकलाको प्रदर्शनीलगायतका स्टलहरू रहनेछन् । यसैगरी मेलामा स्थानीय खानाका स्टलहरूसमेत रहनेछन् । मेलामा भक्तपुर जिल्लालगायत छिमेकी जिल्लाबाट पनि उल्लेखनीय स्टल सहभागिता रहनेछ ।
मेलामा स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुन्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्र, मूर्ति बनाउने कार्य प्रत्यक्ष रूपमा प्रदर्शनी हुनेछ । मेलामा बालबालिकाहरूलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको छ ।
मेलाका लक्षित आगन्तुकहरूमा विशेषगरी आन्तरिक तथा बाह्य पर्यटकहरू, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरू, हस्तकला व्यवसायीहरू, थोक तथा खुद्रा व्यवसायीहरू, विभिन्न सङ्घ संस्था, सरकारी निकाय, स्थानीय खानाका पारखी, बैङ्क, वित्तीय संस्था र सहकारी संस्था, विद्यार्थीहरूलगायत रहेका छन् ।
मेलामा प्रदर्शन गरिएका सामग्रीहरूको सुरक्षार्थ २४ सैै घण्टा सुरक्षा गार्डहरू मेला परिसरभित्र तैनाथ हुनेछन् भने रू. १ करोडसम्म बीमा व्यवस्था गरिएको छ । मेला व्यवस्थापनका लागि स्वयंसेवकहरू पनि खटिने छन् ।
मेला अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम राखिएको छ । ”
Leave a Reply