भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दोस्रो चीन–मध्य एसिया शिखर सम्मेलनलाई मुख्य विषयक सम्बोधन

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दोस्रो चीन–मध्य एसिया शिखर सम्मेलनलाई मुख्य विषयक सम्बोधन

अस्टाना, १८ जून । जून १७ को दिउँसो दोस्रो चीन–मध्य एसिया शिखर सम्मेलन मुक्ति स्वतन्त्र दरबारमा आयोजना गरिएको छ । कजाकिस्तानका राष्ट्रपति तोकायेभले सम्मेलनको अध्यक्षता गर्नुभयो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, किर्गिजस्तानका राष्ट्रपति जापारोभ, ताजिकिस्तानका राष्ट्रपति राहमोन, तुर्कमेनिस्तानका राष्ट्रपति बेर्दमुहामेदोभ र उज्वेकिस्तानका राष्ट्रपति मिर्जियोयेभ सो सम्मेलनमा सहभागी हुनुभएको छ । उहाँहरूले मैत्रीपूर्ण वातावरणमा सिआन शिखर सम्मेलनयता चीन र मध्य एसियाका विभिन्न क्षेत्र बिचको सहयोगात्मक उपलब्धिको पुनः सिंहावलोकन गर्नुका साथै भावी विकास हुने दिशातिर पनि उन्मुख गर्नुभएको छ । उहाँहरूले सर्वसम्मतिले निर्णय गर्नुभएको छ कि चीन–मध्य एसिया भावनाको प्रचार प्रसार गर्दै दीर्घकालीन असल छिमेक मित्रतालाई कायम राखेर हातमा हात मिलाउँदै चीन–मध्य एसिया भाग्य एकरूपताको निर्माणलाई अघि बढाउँदै जाने छ ।
राष्ट्राध्यक्ष सीले अस्ताना मुक्ति दरबारमा मध्य एसियाका ५ वटा मुलुकका नेतागणसित सामूहिक फोटो खिच्नुभएपछि शिखर सम्मेलनमा सहभागी हुँदै चीन–मध्य एसिया भावनाको प्रचार प्रसार गर्दै क्षेत्रीय सहकार्यको उच्च गुणस्तरीय विकासलाई प्रबद्र्धन गरौँ शीर्षकको मुख्य विषयक मन्तव्य दिनुभएको छ । आफ्नो मन्तव्यमा उहाँले ५ बुँदा प्रस्ताव प्रस्तुत गर्नुभएको छः पहिलो, पारस्परिक विश्वास र एकले अर्कालाई समर्थन गर्ने एकताबद्ध अठोटलाई कायम राख्नुपर्छ । दोस्रो, वास्तविक, उच्च कार्यकुशल र गहन रूपमा मिसिने सहयोगात्मक प्रारूपको स्थापना गर्नुपर्छ । तेस्रो, शान्त, सुरक्षित, एउटै भाग्य हुने सुरक्षित बनौटको स्थापना गर्नुपर्छ । चौथो, एउटै मुटु, एउटै भावना हुने सांस्कृतिक चौतारोलाई घनिष्ट पार्नुपर्छ । र पाँचौँ, निष्पक्ष, उचित र समान अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गर्नुपर्छ ।
अन्त्यमा राष्ट्राध्यक्ष सीले मध्य एसियाली मुलुकहरूसँगै मिलेर अझ उच्च गुणस्तरीय सहकार्य चलाउँदै साझा हितलाई गहन पारी साझा विकासलाई साकार तुल्याउनुका साथै चीन–मध्य एसिया सहकार्यमा अझ बढी उपलब्धि प्राप्त गर्दैजान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ ।
यसैगरी कजाख राष्ट्रपति तोकायेभ र पाँच मध्य एसियाली देशका अन्य नेताहरूले सर्वसम्मतिले चीनसँग नजिक र घनिष्ठ रूपमा समन्वय र सहयोग गर्न, स्वतन्त्र व्यापार र बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक सुरक्षित गर्न र संयुक्त रूपमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न आफू इच्छुक रहेको व्यक्त गर्नुभयो ।
शिखर सम्मेलनको क्रममा, सी चिनफिङ र पाँच मध्य एसियाली देशका राष्ट्रनायकहरूले ‘दोस्रो चीन–मध्य एसिया शिखर सम्मेलनको अस्ताना घोषणापत्र’ र ‘जन गणतन्त्र चीन र गणतन्त्र काजाकिस्तान, गणतन्त्र किर्गिजस्तान, गणतन्त्र ताजिकिस्तान, तुर्कमेनिस्तान र गणतन्त्र उज्बेकिस्तानबिच स्थायी असल छिमेकी, मित्रता र सहयोगको सन्धि’ मा हस्ताक्षर गर्नुभयो ।
शिखर सम्मेलनले ‘बेल्ट एण्ड रोड’ आदि संयुक्त रूपमा निर्माणका क्षेत्रमा १२ वटा सहयोग दस्तावेजहरूमा हस्ताक्षर गर्ने घोषणा ग¥यो । शिखर सम्मेलनको क्रममा, चीन र पाँच मध्य एसियाली देशहरूले धेरै भगिनी शहर सम्झौताहरूमा हस्ताक्षर गरे, र दुई पक्षबिच भगिनी शहरहरूको सङ्ख्या १०० जोडी नाघेको छ ।
सी चिनफिङले पाँच मध्य एसियाली देशका राष्ट्रनायकहरूसँग चीन–मध्य एसिया गरिबी न्यूनीकरण सहयोग केन्द्र, शिक्षा आदानप्रदान तथा सहयोग केन्द्र, मरुभूमिकरण रोकथाम तथा नियन्त्रण सहयोग केन्द्र र व्यापार सहजता सहयोग मञ्चको अनावरण समारोहमा पनि भाग लिनुभयो ।
चीनले २०२७ मा तेस्रो चीन–मध्य एसिया शिखर सम्मेलन आयोजना गर्ने सहमति भएका छन् ।
सोही दिन बेलुकी सी चिनफिङले शिखर सम्मेलनमा सहभागी राष्ट्रनायकहरूका लागि राष्ट्रपति तोकायेभले आयोजना गरेको स्वागत भोजमा भाग लिनुभयो ।
छाई छि, वाङ यीले उक्त कार्यक्रमहरूमा भाग लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *