भर्खरै :

सार्की खोलाको कल्भर्टमा शव फेला

सुरुङ्गा, झापा, ४ चैत (रासस) ः झापाको अर्जुनधारा–११ स्थित त्रिवेणी टोल निवासी ३२ वर्षीय ललित चौधरी सार्की खोलाको कल्भर्टमा मृत फेला परेका छन् ।
उनी गएराति सो कल्भर्टमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । राति ८ बजेतिर स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनको शव कल्भर्टबाट राति नै निकाले र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *