भर्खरै :

सफाइको दायित्व एनजीओलाई ?

भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने भनी युवा क्रियाकलाप समाज (सोया) ले मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरमा विभिन्न कार्यक्रम गरिरहेको छ । सो संस्थाले विगतमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न पनि कार्यक्रम गरेको थियो । भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने भनी युवा क्रियाकलाप समाज (सोया) ले मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरमा विभिन्न कार्यक्रम गरिरहेको छ । सो संस्थाले विगतमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न पनि कार्यक्रम गरेको थियो ।
प्रत्येक नगरपालिकाको छुट्टाछुट्टै सरसफाइको रणनीतिक योजना जिल्लाको ४ नगरको एकीकृत रुप नै जिल्लाको योजना हुने गर्दछ । तर जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी)का नाममा जिल्ला समन्वय समितिले भक्तपुरको योजना सिन्धुपाल्चोकको हेलम्बुको एउटा होटलमा चैत ३ र ४ गते दुई दिनमा बनाउंदै छ ।
 
काठमाडौं महानगरले बागमती सफाइको सयौं हप्ता मनायो तर अहिले दिनको दशौं ट्ङ्याकर फोहोर (दुषित ढल) बागमती खोलामा फालिरहेको समाचार आइरहेको छ । नगरका प्रत्येक नागरिकलाई सफाइको महत्व बोध गराई जिम्मेवार नबनाई गरिने हरेक कार्यक्रम प्रचारमुखीमात्र हुनेमा दुईमत छैन । आजभोली सूर्यविनायक नगरपालिकाले हनुमन्ते सफाइको नाममा बागमती सफाइको नक्कल गर्दैछ । यसरी गरिने कार्यक्रम बजेट सिध्याउने कामबाहेक केही हुँदैन ।
जिल्लालाई पूर्ण सरसफाइ बनाउन प्रत्येक जिल्लावासीमा कर्तव्यबोध गराउनुपर्नेमा कागजमा रणनीति बनाउंदैमा सफल हुँदैन भन्ने कुरा खुला दिसामुक्त क्षेत्र घोषणाले देखाइसकेको छ । पूर्वाधार नबनाई प्रचारमात्र गर्दा आज सार्वजनिक शौचालयको अभावमा बटुवाहरूले सास्ती पाइरहेको समाचार हामी पढ्छौं । खुला ठाउँमा दिसा पिसाब गरिरहेको हामी देख्छौं ।
जिल्लालाई सरसफाइको जिल्ला घोषणा गर्न पूर्वाधार तयार गर्नुको सट्टा हतारमा घोषणा गर्ने होडबाजी चलिरहेको छ । कसले पहिला घोषणा गर्ने भन्नेमा ? संविधानले तोकिएको स्थानीय सरकार (नगरपालिका÷गाउँपालिका)लाई पूर्ण जिम्मेवार नबनाई जिल्ला समन्वय समितिले डिवाससीसीका नाममा कार्यक्रम गर्दा के स्वायत्ततामा हस्तक्षेप हुँदैन ? नयाँ वर्षदेखि जिल्लास्तरीय कार्यालय हटाइँदा कसले जिम्मेवारी लिन्छ अन्योल छ ।  सोया जस्तो एनजीओको कार्यक्रमलाई लिएर जिल्लाका महत्वपूर्ण व्यक्तिहरू पछाडि दौडिरहेका छन् ।
सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले सफाइको दायित्व एनजीओलाई दिएको छ । आफूले केही नगर्ने एनजीओलाई काम गर्न दिएर जस र कमिसन खान पल्केकाहरूबाट बनाइएका योजना कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । सूर्यविनायक नगरमा प्रत्येक परिवारबाट एनजीओले रु. ३०० र चाँगुनारायणमा रु. २५० उठाइरहेको छ । नगरपालिकाको ट्रिपर एनजीओ र व्यक्तिगत प्रयोजनमा लगाईंदै छ । यसरी नगरको फोहोर समेत उठाउन अरुको सहारा खोज्नेले पूर्णसफाइ गर्न कुन कुन देशको रकम खर्च गरिंदैछ जनता जान्न चाहन्छन् ।
–शुक्र, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *