भर्खरै :

चीनमा सीको दोस्रो कार्यकालः सम्भावना र चुनौती

चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको तेह«ौं अधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङलाई चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित गरेको छ । राष्ट्रपति पदमा सीको यो दोस्रो कार्यकाल हो । उनी पहिलो पटक सन् २०१३ मा चीनको राष्ट्रपतिका लागि चुनिएका थिए ।
आफ्नो पहिलो कार्यकालमा सी चीनको इतिहासमै स्वर्ण अक्षरले लेखिने महत्वपूर्ण काम गर्न सफल भए । उनले चीनको आर्थिक, सामाजिक र राजनीतिक विकासमा मात्र फड्को मारेनन्, बरु विश्व रङ्गमञ्चमा चीनको स्थानलाई अझ उचाईमा पु¥याएका छन् । चीन एक्लैको मात्र विकास र समृद्धि दिगो र प्रभावकारी नहुने मान्यतामा उभिएर सीले सम्पूर्ण मानव जातिको साझा हितका विषयलाई प्राथमिकता दिए । चीनको विकासलाई तीन कालखण्डमा विभाजन गरी सन् २०५० सम्ममा चीनलाई संसारकै समृद्ध र शक्तिशाली देश बनाउने कार्यक्रम अघि बढाए । तर त्यो योजना चीनको चौघेरामा मात्र सीमित नभई संसारभरका साना–ठूला देशहरुको हितसँग पनि जोडिएको छ ।
सीले आफ्नो कार्यकालमा प्रस्तुत गरेको एक क्षेत्र–एक बाटो महायोजनाको नवीन चिन्तनले संसारमा विकास र समृद्धिप्रति उत्साहको उभार उठेको छ । एकधु्रवीय विश्वको साम्राज्यवादी जगजगीका कारण आजीत बनेको साना तथा विकासोन्मुख देशहरु चीनको यो आपसी हितजनक यो कार्यक्रमबाट आफ्नो स्वाधीन भविष्यप्रति उत्साहित भएका छन् ।
चीन जतिसुकै शक्तिशाली र समृद्धिशाली भए पनि पश्चिमा देशहरु जस्तै साम्राज्यवादी र प्रभुत्ववादी नबन्ने सी जिनपिङको प्रतिबद्धता आफैमा संसारमा शान्ति र स्थायित्वको लागि सकारात्मक पक्ष हो । चीनको आर्थिक विकास र समृद्धि साम्राज्यवादी चरित्रको नभई आपसी हितमा आधारित भएकाले आज चीनको प्रस्ताव विश्वका जनताले स्वागत गरिरहेको छ ।
तर सीका लागि आगामी दिन त्यत्ति सरल नै भने छैन । संसारको सबभन्दा धेरै जनसङ्ख्या भएको देशमा शान्ति र स्थायित्व कायम राख्नु आफैमा चुनौतिपूर्ण छ नै । पछिल्लो दशकमा चीनमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नु सीको अर्को चुनौताी हो । त्यो भन्दा पनि महत्वपूर्ण चुनौती भनेको संसारलाई आफ्नो आँगन सम्झने साम्राज्यवादी मोर्चाले चीनको उदयलाई जसरी पनि रोक्न बुनेको जालझेललाई निष्प्रभावी बनाउनु हो । आज संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाले चीनलाई चारैतिर घेर्ने अनेकन चालबाजी खेलिरहेको छ । चीनलाई कुनै द्वन्द्वमा फसाएर उसको आर्थिक विकासको बाटोमा गारो लगाउने काम पश्चिमा शक्तिबाट भइरहेको छ । यो राजनीतिक जालसाझी तोड्नु सीको लागि चुनौतीको विषय हो ।
तथापि पहिलो कार्यकालको अनुभवबाट सीले यस्ता चुनौतीको सामना सजिलै गर्ने आशा गर्न सकिन्छ । संसारभरका शान्तिप्रेमी र साम्राज्यवादविरोधी जनतासँग सहकार्यपूर्ण सम्बन्धको विकासको लागि सीको पहल प्रशंसनीय छ । चीनभित्रै भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता र कडा व्यवहारका कारण सी आफ्नो गन्तव्यमा दृढनिश्चयी रहेको स्पष्ट छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत भएका कारण पार्टीभित्र अनुशासन पालनाको सन्दर्भमा उनले गरेका महत्वपूर्ण निर्णयहरु आफैमा सकारात्मक पहलको सूचक हुन् ।
आधा शताब्दीभित्र चीनले हासिल गरेको सफलताले संसारको भविष्य समाजवादी बन्दोबस्तमा भएको स्पष्ट भएको छ । पूँजीवादी बन्दोबस्तले मानव जातिलाई अवनतिको भड्खालोमा मात्र जाँक्ने सत्य चीनको विकासले संसारलाई देखाइएको दिएको छ । अनि सी जिनपिङ यो अभियानको अग्रभागमा नेतृत्व गरिरहेका छन् ।
सीलाई सफल कार्यकालको सफलताको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *