भर्खरै :

भूकम्पका बेला कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौँ, ४ चैत (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागी फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले विसं २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो ।
लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । विसं ०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *