सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२

भक्तपुर, १२ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, प्रभात एकाइ समितिको आयोजनामा नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको स्मृतिसभा बिहीबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात इङ्गलिस स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले सामान्य जीवन जीउने एक महिला नेतृको उदाहरण शोभा प्रधान भएको बताउनुभयो ।
स्तन क्यान्सर, पाठेघर क्यान्सर दुवैको उपचार देशभित्र गर्ने र विदेशमा उपचार गर्न नजाने अर्को उदाहरण शोभा प्रधान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य र खानपानबारे शिक्षक–शिक्षिकाहरूले बुझेर आफ्नो जीवनमा पालना गर्ने र विद्यार्थी एवम् अभिभावकहरूलाई पनि पालना गराउनु जरूरी छ ।”
देशको सन्तुलित विकास नगरिँदा बसाइँसराइ सहरहरूमा बढ्यो, खाद्यान्नमा मिसावट, विषको प्रयोग भएको सागसब्जी र फलफूलसमेत हारालुच भयो । यसरी स्वास्थ्यमा प्रतिकूल असल भइरहेको छ, सचिव सुवालले भन्नुभयो ।
इरान विश्वको ६ प्रतिशत तेल–ग्यास भएको देश हो । इरानको हर्मुज जलडमरू भएर विश्वको २० प्रतिशत तेल–ग्यास ल्याइन्छ । संरा अमेरिकी सरकारले यही तेल–ग्यास कब्जा गर्न इजरायललाई हतियार पठाउँदै इरानमा आक्रमण गराएको सार्वजनिक भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री न्येतन्याहुले इरानलाई सत्ता परिवर्तन गर्न र परमाणु हतियार रोक्न चेतावनी दिए । इरानले सत्ता परिवर्तन नगर्ने र खानेपानी, कृषि, विद्युत्, औषधि उपचारलगायत अति आवश्यक क्षेत्रको लागि परमाणु प्रविधि नरोक्ने स्पष्ट ग¥यो । यसबाट तिर्मिराएको ट्रम्पले इरानमा हमला गरे । हमलाबाट इरानमा खासै क्षति भएन । ट्रम्पले इरानको आणविक प्रविधि ध्वस्त पारेको दाबी गरे । इरानले कतारस्थित अमेरिकी सैन्य क्याम्पमा प्रत्याक्रमण ग¥यो । इरानले आफूमाथि आक्रमण भएसम्म प्रत्याक्रमण जारी राख्ने स्पष्ट ग¥यो । तत्पश्चात्
ट्रम्पले इजरायलसँग सम्पर्क गरी युद्धविराम घोषणा गरे, उहाँले भन्नुभयो ।
युद्धविरामको अर्थ युद्ध स्थगनमात्र भएको र पुनः युद्ध हुनसक्ने स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “विश्वका न्यायप्रेमी जनता सचेत र सतर्क भएर स्थिति जानकारीमा राख्नु जरूरी छ ।”
सार्वभौम देश इरानलाई संरा अमेरिकी सरकार र इजरायली सरकारले गरेको आक्रमण संरा सङ्घको बडापत्रको उल्लङ्घन भएको स्पष्ट पार्दै सचिव सुवालले यसको विरूद्धमा नेपाल मजदुर किसान पार्टीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगले इरानमा परमाणु हतियार नभएको बतायो । आणविक अप्रसार सन्धि र बृहत् परमाणु परीक्षण निषेध सन्धिमा हस्ताक्षर गरेको इरानलाई अमेरिकी र इजरायली सरकारले आक्रमण गरेको जङ्गलको शासन कायम गर्नु हो ।”
दोस्रो विश्व युद्धमा जापानको हिरोशिमा र नागाशाकीमा परमाणु बम हानेको अमेरिकी सरकारहरूले त्यसयता संसारका २० देशमा परमाणु बम फालेको सार्वजनिक भइसकेको सचिव सुवालले बताउनभुयो ।
उहाँले भन्नुभयो, “इजरायलले अमेरिकी सहयोगमा ३ वर्षयता प्यालेस्टिनमा बमबारी गरी बालबालिका, महिलालगायत ५६ हजार बढीको हत्या ग¥यो । बमबारी चालु छ ।”
विद्यालयका शिक्षक–शिक्षिकाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारी लिएर विद्यार्थी र अभिभावकहरूलाई शिक्षित गर्नु जरूरी भएको सचिव सुवालले जोड दिनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले शोभा प्रधान सादा जीवन उच्च विचारका धनी, अथक क्रान्तिकारी महिला योद्धा, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितलाई सर्वोपरी सम्झने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष स्वर्णिमा मूलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रोशनमैयाँ सुवाल, विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति, शिक्षकहरू सविना कासुला, तारा न्यौपानेलगायतले शोभा प्रधानको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply