हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण
- कार्तिक २६, २०८२

स्थिति खस्किरहेको मात्र छैन । तीव्रगतिमा खस्किँदै छ । हामी अहिले आफ्ना सबैभन्दा महत्वाकाङ्क्षी जलवायु लक्ष्यहरू पूरा गर्नुपर्ने सङ्गीन घडीमा छौँ । तर, यति नै बेला हामी सक्रियरूपमा गलत दिशामा हिँडिरहेका छौँ । कतिपय पर्यवेक्षकले कालो बादलमा चाँदीको घेरा पनि देखाएका छन् । मेरो विचारमा त्यस्तो कुनै घेरा छैन ।
– अध्येता जेक हाउजफादर
कार्बन उत्सर्जनको वर्तमान स्थिति हेर्दा आउँदो ३ वर्षमा पृथ्वीको औसत तापमान वृद्धि (औद्योगिक युगको दाँजोमा) १.५ डिग्री सेन्टिग्रेड बढ्नेछ । यो वृद्धिलाई कसैगरी रोक्न सकिने छैन । आउँदो ९ वर्षमा तापमान वृद्धि १.६ देखि १.७ डिग्रीसम्म बढ्नेछ ।
हालै मात्र विश्वव्यापी जलवायु परिवर्तनको पछिल्ला सूचकाङ्कहरू प्रकाशित भए । सन् २०१५–२०२४ मा औसत तापमान वृद्धि औद्योगिक क्रान्तिको बेलाभन्दा १.२४ डिग्री बढी रह्यो । यसमध्ये १.२२ डिग्री वृद्धि हुनुको प्रत्यक्ष कारण मानवीय क्रियाकलाप हुन् । यसको अर्थ पछिल्लो दशकमा भएको तापमान वृद्धि मानवीय उपज हो ।
बितेको दशकमा प्रतिवर्ष वायुमण्डलमा ५३ अर्ब टन कार्बन डाइअक्साइड (CO2, Gt CO2e) उत्सर्जन भइरह्यो । जीवाश्म इन्धन बाल्नु र वन फँडानी गर्नु नै यो उत्सर्जनको मूल कारण थियो । सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रा कोभिडअघिको स्थितिमा गयो । कोभिड महामारीको बेला हवाई यात्रामा आएको ह्रासका कारण कार्बन उत्सर्जनमा गिरावट आएको थियो ।
अतिरिक्त तापको प्रभाव जलवायु प्रणालीका सबै पक्षमा देखापर्दै छ । एक प्रणालीको रूपमा पृथ्वीमा तीव्रगतिमा अतिरिक्त तापको असर थुप्रिँदै छ । सन् २०१२ देखि २०२४ सम्म पृथ्वी जुन गतिले तात्यो त्यो सन् १९७० र १९८० को दशकको भन्दा दोब्बर हो । यसले पृथ्वी–प्रणालीका मूल पक्षहरूमा घातक असर पारेको छ । समुद्री सतह बढेको छ । समुद्र तातिँदै छ । हिउँमा ह्रास आइरहेको छ । सधैँजसो जमिरहने भूसतह पग्लिँदै छ ।
हरितगृह ग्यासको उत्सर्जन बढिरहँदा त्यसले तापमान वृद्धि हुन्छ । त्यो अतिरिक्त तापमध्ये ९१ प्रतिशत समुद्रले सोस्दै छ । समुद्रको पानी तात्दा समुद्री सतह बढ्दै छ । यसले गर्दा मौसममा अचाक्ली गडबडी आइरहेको छ । यो गडबडीको सिधा असर समुद्री पारिस्थितिक प्रणाली पर्छ† त्यो प्रणालीमा निर्भर समुदायमा पर्छ । सन् २०२४ मा समुद्री सतहमा रेकर्ड–तोड वृद्धि भयो ।
सन् २०१९–२०२४ बीच समुद्री सतहको औसत वृद्धि २६ मिलिमिटर रह्यो । २० औँ शताब्दीयता समुद्री सतहको वार्षिक वृद्धि १.८ मिलिमिटर थियो । यसको अर्थ पछिल्लो ६ वर्षमा समुद्री सतह अघिको भन्दा दोब्बर दरले बढ्यो । जलवायु परिवर्तनका कारण हुने समुद्री सतहको वृद्धि तुलनात्मक रुपमा सानो हुन्छ । तर, आउँदा वर्षहरूमा यो वृद्धि अझ तीव्र हुने निश्चित छ ।
हालै प्रकाशित विश्वव्यापी जलवायु परिवर्तनको पछिल्लो दशालाई तस्बिरमा समेटिएको छ ।
(लेखक समाजवादी जलवायु अभियन्ता हुनुहुन्छ । उहाँ पर्यासमाजवादी जर्नल ‘क्लाइमेट एन्ड क्यापिटालिज्म’ का सम्पादक पनि हुनुहुन्छ । मन्थ्ली रिभ्यु प्रेसले सन् २०१७ मा उहाँद्वारा लिखित ‘एन्थ्रोपोसिनको सामना गर्दा’ नामक पुस्तक प्रकाशित गरेको थियो ।)
Leave a Reply