हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण
- कार्तिक २६, २०८२

भक्तपुर, १३ असार । मल्ल राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा गरेको भक्तपुरको प्रसिद्ध ङातापोल्हँ अर्थात् पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा एवं झन्डोत्तोलन गरिएको छ ।
भक्तपुर टौमढीस्थित नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको पाँचतले मन्दिरको तीन सय २३ वर्ष पूरा भएको अवसरमा बिहीबार मन्दिरको गजुरमा झन्डोत्तोलन गर्नुको साथै विशेष पूजा गरिएको छ । राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्षबन्धन पूजाको परम्परा चलाएको र सो पूजा आजसम्म निरन्तर चली आएको छ ।
मन्दिरमा सिद्धिलक्ष्मी, भैरव र बेतालको पूजा गरिएको छ भने स्थानीय अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर पाँचतले मन्दिरको झन्डा फेरेर झन्डोत्तोलन गरी जन्मदिन मनाइएको छ । मन्दिर निर्माण पूरा भएको दिन असार शुक्ल प्रतिपदामा पहिलो वर्षबन्धन पूजा गरिएको अभिलेखमा उल्लेख छ ।
Leave a Reply