भर्खरै :

भ्रष्टाचारविरोधी आन्दोलनको जगमा नेमकिपाको स्थापना

भ्रष्टाचारविरोधी आन्दोलनको जगमा नेमकिपाको स्थापना

भक्तपुर, १४ असार । चाँगुनारायण नगरपालिका वडा नं. ४ समावेशी हाइटमा नेपाल मजदुर किसान पार्टी समर्थक कार्यकर्ताहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाको उद्देश्य देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु भएको स्पष्ट पार्दै किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनको जगमा नेमकिपा स्थापना भएको बताउनुभयो ।
माक्र्सवाद–लेनिनवाद र माओविचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त भएको चर्चा गर्दै उहाँले नेमकिपा समाजवाद स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीहरू भ्रष्टाचार, कमिसन, विकास निर्माणको कार्यमा ब्रह्मलुट, व्यक्तिगत स्वार्थमा लिप्त हुँदा जनताले दुःख पाएको हो ।”
नेमकिपा भजिसका सदस्य महेन्द्र बखुन्छेले ठुला नामधारी कम्युनिस्ट पार्टीहरू नामको मात्र कम्युनिस्ट भएको तर तिनीहरूको कार्य पुँजीवादी भएको बताउनुभयो ।
कार्यक्रममा कुमार तामाङले पनि बोल्नुभएको थियो ।
भेलाले यमबहादुर मगरको अध्यक्षतामा चानप समावेशी हाइट टोल समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *