फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, १४ असार । भक्तपुर नगरपालिका वडा नं. ७ को वडा कार्यालयको आयोजनामा शनिबार पाँचाख्योमा वृक्षरोपण कार्यक्रम भयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बढ्दो सहरीकरणले गर्दा हुने धुवाँ धुलो र वातावरण प्रदूषण कम गर्न, देशको प्राकृतिक सुन्दरता जोगाइराख्न, सार्वजनिक र खुला पर्ती जग्गा संरक्षण गर्न वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन, पर्यटकीय नगर बनाउन, कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा सबैको पहुँचमा पु¥याउन, सबै नगरवासीलाई स्वास्थ्य सेवा सहज बनाउन, सम्पदा संरक्षण गर्न, युवाहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ काम गरिरहेको उल्लेख गर्दै उहाँले पर्ती जग्गा संरक्षण गर्नेतर्फ ध्यान दिइरहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले वातावरणीय सन्तुलन कायम गर्न, स्वच्छ हावा प्राप्त गर्न, माटो तथा जलस्रोत संरक्षण गर्न, जैविक विविधता बढाउन र प्राकृतिक सौन्दर्य बढाउन वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले भक्तपुर नगरलाई स्वच्छ, सफा र हरियाली नगरको रूपमा विकास गर्न वृक्षरोपणको साथै एक विद्यालय एक सम्पदा सरसफाइ, एक सहकारी एक क्षेत्र सरसफाइको काम गरिरहेको बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा स्थानीय सहकारी, सङ्घ संस्था, स्थानीय वडावासी तथा कर्मचारीसमेतको सहभागिता थियो ।
Leave a Reply