भर्खरै :

सुन व्यवसायीहरूको आन्दोलन चालु

सुन व्यवसायीहरूको आन्दोलन चालु

भक्तपुर, १७ असार । नेपाल सुन व्यवसायी महासङ्घले केही हप्तादेखि सुनको भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको हो । मङ्गलबार पनि सो आन्दोलन जारी रह्यो । भनपा वडा नं ९ स्थित सूर्यमढीबाट सुरु भएको ¥यालीले बजार परिक्रमा ग¥यो । सभामा सुन व्यवसायी महासङ्घलगायत अन्य सङ्घ संस्थाका पदाधिकारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । आयोजकका अनुसार यो शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।
प्रदर्शनकारीहरूले सुनमा लगाइएको बिलासिता कर खारेज गर, बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर, सुनचाँदीको प्रस्ट नीति नियमावली निर्माण गरजस्ता नारा लगाएका थिए । उपभोक्ता मार्न पाइँदैन, अव्यवहारिक कर चाहिँदैन, सुनचाँदी व्यवसायी कालिगड कर्मचारी एक होऔँ, हाम्रो आन्दोलन जारी छ आदि नारा लगाइएको थियो ।
ललितपुर, काठमाडौँलगायत विभिन्न ठाउँमा जुलुस प्रदर्शन तथा सभा चालु राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सुन व्यवसायीहरूले केही दिनदेखि आ–आफ्नो पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन् । आन्दोलन सुरु भएको पनि दुई हप्ताभन्दा बढी भइसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *