यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल कृषिप्रधान देश हो । यहाँ अझै ६० प्रतिशत जनता कृषिमा निर्भर छन् । कृषिप्रधान देश भए तापनि यहाँको कृषिको अवस्था बेहाल छ । कृषियोग्य जमिन बाँझो छ । सबै कृषि उपज भारतबाट किन्नु परेको छ । असार पहिले नै सुरु भइसकेको छ । रोपाइँको लागि किसानसँग मल छैन । यहीँ मलको अभावमा देशका हिमाल, पहाड, तराईको विभिन्न ठाउँमा रोपाइँ हुन सकेको छैन । कहीँ कहीँ मल नकुरिकन किसानहरूले रोपाइँ गर्न थालेका छन् । कतिपय ठाउँमा किसानहरू रोपाइँको लागि मल आउलान् भनेर पर्खिरहेका होलान् ।
कृषि मन्त्रालयले भनेको छ – वर्षमा तीन बाली लगाउँदा देशलाई करिब १२ लाख टन मल आवश्यक पर्छ । त्यसमध्ये धानबालीको लागि ४ लाख ४८ हजार टन मल आवश्यक छ । तर, जेठ २८ गतेसम्मको अभिलेखअनुसार ८० हजार ५ सय टन मात्र रासायनिक मलको मौज्दात छ । जसमध्ये ३१ हजार ८ सय टन युरिया, २९ हजार टन डीएपी र ९ हजार ५ सय टन पोटास छ । चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले मल किन्न २७ अर्ब ९५ करोड बजेट छुट्याइएको छ । यसबाट ५ लाख ५० हजार टन मल खरिद गर्ने लक्ष्य छ ।

Israeli soldiers detain 13-year-old Palestinian boy Amer Ewidat at al-Aroub Palestinian refugee camp, north of the West Bank town of Hebron on February 11, 2020. (Photo by HAZEM BADER / AFP) (Photo by HAZEM BADER/AFP via Getty Images)
इजरायल इरान युद्धका कारण फेरि मलको अभाव हुने बताइएको छ । मलमा २० प्रतिशत मूल्यवृद्धि हुने कुरा पनि बाहिर आएको छ । यसले किसानको ढाड सेक्ने काम त गर्छ । कृषि मन्त्रालय त्यस्तो मलको अभावबाट चहराइरहेको किसानको घाउमा मलमपट्टि लगाउनुको सट्टा इजरायलले इरानको युद्धको कारण देखाएर मल अभाव हुने र २० प्रतिशत मूल्यवृद्धि हुने कुरा गरेर चहराइरहेको किसानको घाउमा झन् नुनचुक छर्ने काम गर्दै छ । उनीहरू कालाबजारियाहरू, बिचौलियाहरूको कमिसनको भागबन्डामा लागिरहेको आरोप यतिखेर किसानहरू लगाउँदै छन् । त्यसका लागि उनीहरूबिच कुकुर झगडा पनि भइरहेका होलान् । समयमै किसानको घर आँगनमा मलको सहज आपूर्ति गर्न नसक्दा त्यसको जिम्मेवारी लिएर २०४९ सालमा तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले पदबाट राजीनामा दिएको इतिहास हालका कृषिमन्त्रीले हेक्का राख्नु आवश्यक छ ।
देशमा प्रजातन्त्र, गणतन्त्र आएको यतिका वर्ष भइसक्दा पनि आजसम्मका सरकारहरूले देशमा एउटा मल कारखाना पनि खोल्न सकेका छैनन् । यतिका वर्षका कृषिमन्त्रीहरूले भाषणमा मल कारखाना खोल्ने विचार व्यक्ति गरे । मन्त्री त कति आए कति गए । तर, आजसम्म कसैले आफ्नै खुट्टामा कृषिलाई उभ्याउन सकेका छैनन् । सधैँ भारत निर्भर हुनुपरेको छ । यो भन्दा दुःखको कुरा अरू के हुनसक्छ र !
नेपालमा आफ्नै मल कारखाना भएपछि भारतको भरपर्नु पर्दैन । भारतको चाकडी गर्नु पर्दैन । देश कृषिमा स्वतन्त्र र आत्मनिर्भर हुनेछ । भारतले उसका दलालमार्फत देशमा मल कारखाना खोल्न दिइने छैन; परिणामले यही देखाइरहेको छ । कृषिप्रधान देशमा भारतबाटै चामल, गहुँदेखि कृषि उपज किन्न र ल्याउन बाध्य पारिएको छ । भारतले कुनै बहाना बनाएर नाकाबन्दी ग¥र्यो भने नेपाल र नेपाली जनताको बिचली हुनेछ† हाहाकार हुनेछ । अहिले प्यालेस्टिनी जनता इजरायलको अमानवीय नाकाबन्दी भोग्न बाध्य छन् । यो सरकार नेपालको देशभक्त सरकार हो भने आफ्नै पौरखमा देशमा मल कारखाना खोलेर किसानको देशको सेवा गर्ने बेला आएको छ । हाम्रा करोडौँ बिदेसिएका युवाहरूलाई विदेशीको नोकर होइन आफ्नै देशको सेवक भएर बाँच्न देशमा कृषि, उद्योगलगायतका विभिन्न क्षेत्रमा रोजगारी दिन आवश्यक छ । देशमै नेपाली कृषि वैज्ञानिकहरूको ज्ञान सीप, रगत पसिनालाई उपयोग गरेर नेपाली हावापानी, माटो सुहाउँदो नयाँ नयाँ बीउ बिजन सबै देशमै उत्पादन र आविष्कार गर्नु जरुरी छ ।
केही दिन अगाडि इजरायलले इरानमाथि अचानक हमला ग¥र्यो । त्यस्तै नेतन्याहुले संयुक्त राष्ट्र सङ्घको बैठकमा प्यालेस्टिनी भूमि, देश नै मेटेर इजरायलको नक्सामा गाभेर देखाएको थियो । त्यसको जवाफमा प्यालेस्टिनी भूमि जोगाउन देशभक्त प्यालेस्टिनी सैनिक सङ्गठन हमासले इजरायलमाथि प्रत्याक्रमण गरेर जवाफ दियो । देशभक्त प्यालेस्टिनी जनताले पनि ट्रम्प र नेतन्याहुको धम्कीलाई खुट्टाले कुल्चेर देशको लागि वीरतापूर्वक लडे र लडिरहेका छन् । विवेक गुमाएको नेतन्याहुले ५५ हजारभन्दा बढी प्यालेस्टिनी जनताको हत्या गरिसकेका छन् । नेतन्याहुले प्यालेस्टिनी जनतालाई प्यालेस्टिनी भूमि खाली गर भनेर धम्की दिएजस्तै ट्रम्पले पनि इरानको राजधानी तेहरान खाली गर भनेर इरानलाई धम्की दिए । इरानी सर्वोच्च नेता आयोतोलाह अली खामेनेइले हामीले कुनै पनि हालतमा आत्मसमपर्ण गर्दैनौँ, झुक्दैनौँ भनेर जवाफ दिइसकेका छन् । इजरायलले जस्तै इरानले पनि ठुलो धनजनको क्षति हुने गरी प्रत्याक्रमण गर्यो भने अमेरिका युरोपले के भन्छ त्यो भने हेर्ने बाँकी छ । चीनलगायतका विश्वमा शान्ति र विकास चाहने देश र जनताले इजरायल र इरानको आक्रमण युद्ध रोक, दुबैले संयम वा अपनाऊ, युद्धले कसैको हित गर्दैन भनेर आह्वान नै गरिसकेका छन् । तर, इजरायलले इरानमाथि अमेरिकाको आडभरोसामा आक्रमण गर्न रोकेको छ । इरानमाथि इजरायलले अचानक आक्रमण गर्नुका केही कारण लुकेको अनुमान लगाउन गा¥हो छैन ।
अमेरिका र इजरायलसँग आणविक हतियार र त्यस्तै अरु थुपै्र खतरनाक हतियारहरू छन् । उनीहरू इरानलाई पनि इराक र सद्दाम हुसेन बनाउन चाहन्छन् । संयुक्त राष्ट्र सङ्घलाई इराकमा आणविक हतियार रहेको नरहेको निरीक्षण गर्न लगाइयो । आणविक हतियार कहीँ नभेटिएपछि अमेरिकाले नाटो देशलाई अगाडि सारेर इराकमाथि हमला ग¥यो । त्यस्तै लिभियामा पनि आक्रमण ग¥र्यो र गद्दाफीको हत्या गर्यो । यी दुवै अमेरिकालाई औँलो उठाउने देशभक्त नेता र राष्ट्रपति हुन् ।
अमेरिका र इरानबिच हुन लागेको आणविक अप्रसार सन्धिको वार्तालाई बिथोल्न नेतन्याहुले अचानक इरानमाथि हमला गरेका थिए । त्यसलाई रोक्नुको सट्टा अमेरिकाले आँखा चिम्ल्यो । मध्य एसिया भनेको तेल, ग्यासलगायतका प्राकृतिक खानीका भण्डार हुन् । त्यो रणनीतिक रूपले पनि महत्वपूर्ण ठाउँ हो । यसमा आफ्नो पकड कायम गर्न र त्यहाँबाट युरोप, एसिया र अफ्रिकालाई तह लगाउन इजरायल अमेरिका चाहन्छ । यस योजनामा तगारोको रूपमा रहेको इरान र खामेनेईलाई सिध्याउन यो आक्रमण गरेको हो भन्ने सुनिन्छ ।
सबैभन्दा महत्वपूर्ण र प्रमुख कारण भनेको इजरायलले अमेरिकी सहयोग र आडभरोेसामा प्यालेस्टिनी जनताको जातीय नरसंहार गरेको विरोध विश्वका जनताले गर्दै आएका छन् । यसले जल, थल र आकाशबाट रकेट, बम आक्रमण गरेर ५० हजारभन्दा बढी प्यालेस्टिनी जनताको हत्या गरिसकेको छ र अझै गर्दै छ । यसले पीडित प्यालेस्टिनी जनताको घाउमा खोर्सानी, नुन चुक छर्ने काम गरेको छ । खाना, पानी औषधि मानवीय सहयोगसमेत रोकेर भोकभोकै मरिरहेका छन् । यो अमानवीय, बर्बर आक्रमणको विरोध संसारको इजरायल, अमेरिकी दूतावास र प्रमुख सहरहरूमा विश्वका जनता र युरोपेली देशका न्यायप्रेमी जनताले पनि जुलुस प्रदर्शन गरिरहेका छन् । त्यसलाई मोड्न इजरायलले इरानमाथि अचानक हमला गरेको छ । आफ्नो कर्तुत इजरायली जनताले थाहा पाउलान् । आफूले प्रधानमन्त्रीको सिंहासनबाट फाल्ला भने डर उनमा थियो । त्यो अन्यायको आवाज र विरोध मोड्नको लागि पनि त्यो आक्रमण भएको कारणको रूपमा लिइएको छ । जुनसुकै कारण बहाना र आवरणमा प्यालेस्टिन र इरानमाथि भएको इजरायल र अमेरिकाको आक्रमण निन्दनीय छ ।
Leave a Reply