कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चाँगुनारायण नगरपालिकाले साबिक बागेश्वरी र सुडाल गाविसको बिचमा परेको गोँस पुलदेखि मूलसाँगु खोलासम्म खोला फराकिलो पार्ने काम ग¥यो । प्रत्येक वर्षझैँ खोलाको वरपर डुवान भई बाली नोक्सान भएको कारण खोला फराकिलो पारिएको हो । गत वर्ष पनि बाढी खोलामा पसी धान बाली, काँक्रो बाली आदि क्षति भएको थियो । बाली क्षति भएको कारण र बाटो पूर्णतः खोलाले काटेको कारण खेतमा पसेको इँटा माटो बाटोमा राखेर समाउने, बाटो खुलाउने र जहाँ जहाँ खोलाले बाटो काटेको थियो, त्यहाँ त्यहाँ वाल लगाउने कुरो भएको थियो । खेतमा पुरेको इँटा माटो पन्छाउने र बाटो खुलाउने काम भयो । तर, जहाँ बाटो काटेको हो, त्यहाँ वाल लगाइएन । पछि खोला नै चौडा बनाउने कुरो भयो । दुई तीनचोटि फाँटका कृषकहरूको भेला पनि भयो ।
भेलामा एक थरीले खोला चौडा बनाएपछि क्षति नहुने, बाटोलाई क्षति पु¥याउँदैन भन्ने कुरो उठायो । अर्काे थरीले पुरानो कायम भएको बाटो बिगार्दा, भएका रुखहरू ढाल्दा माटो बस्दैन; खोला चौडासँगै दायाँबायाँ वाल लगाउनुपर्ने कुरो उठायो । तर, बजेट छैन भनेर वाल लगाइएन । पहिले बाटो काटेको ठाउँमा वाल नलगाउँदा यो वर्षको बाढीले ठाउँ–ठाउँमा खोलाले बाटो काटिसकेको छ । फेरि ठुलो बाढी आयो भने गएको वर्षझैँ यो वर्ष पनि रोपाइँलगायत अन्य बाली क्षति हुनेमा शङ्का छैन । पानी नै परेन या पानी परे पनि बाढी आएन भने लगाइएको बाली त्यति क्षति हुनेछैन । तर, गत वर्षझैँ अधिक पानी प¥यो र बाढी आयो भने गत वर्षभन्दा यो वर्ष बढी क्षति हुनेछ ।
खोलो चौडा पार्ने क्रममा मूलसाँगु खोलादेखि तल करिब ७/८ सय मिटरजति नक्साबमोजिम खोलो खोल्ने भनेर डोजर लगाइयो । खेती गरिरहेको ठाउँमा खोलो बनाउँदा माटो कची हुन्छ, बाटो बस्दैन† खोलो खोल्ने भए खोलाको दायाँबायाँ वाल नलगाई हुँदैन भनी सम्बन्धित वडाध्यक्ष र फाँटका मान्छेलाई किसानले नै जानकारी दिएको थियो । वाल नलगाएमा पहिले क्षति नभएको ठाउँमा थप क्षति हुने कुरा उठाइएको थियो । तर, त्यस्तो कुनै योजना नराखी खोला खोल्यो । खोला खोलिसकेपछि सुडाल गाविस वडा नं. १ ‘घ’ र ‘ङ’ का कृषकहरूले ०८१/९/१८ गते चाँगु नगरपालिका वडा नं. ८ को वडा कार्यालयमा वाल लगाउन र जग्गा सीमाङ्कन गरिदिन निवेदन राखेका थिए । खेती गर्दै आएको खेतमा खोलो बनाएपछि पुरानो खोला पुरिदिनुपर्ने, खोला पुरी जग्गाको सीमाङ्कन गरी खेती योग्य बनाएर छुट्याउने र खोलोको दायाँबायाँ वाल लगाउने विषयमा निवेदन दिइएको थियो । त्यसको बोधार्थ चाँगु नपालाई दिइएको थियो ।
निवेदनअनुसार काम नभएपछि पीडित कृषकहरू सम्बन्धित वडा कार्यालय र नपामा ध्यानाकर्षण गर्न गए । पटक–पटकको ध्यानाकर्षणपछि रोपाइँकै समयमा खोलो पुर्ने काम गरियो तर जग्गाको नक्साङ्कन गरिएन । यसको कारण कृषकहरूबिच आ–आफ्नो साँधबारे कचकच भयो । मेरो जग्गा यहाँसम्म छ, खेती गर्न पाइँदैन भनी बिच–बिचमा विवाद भयो । चाँगु नपाले अहिलेसम्म जग्गाको सीमाङ्कन गरिदिएको छैन । अहिले अन्दाजको आधारमा कृषकहरूले रोपाइँ गरे; कतिले यो वर्षको बालीमा क्षति हुन्छ भनेर रोपाइँ नै गरेनन् ।
रोपाइँ पछि निकास नभएको कारण माथिल्लो फाँट र डाँडाको पानीले खेत पु¥यो र खेत तलाउजस्तै भयो । खेत तलाउजस्तै भएपछि निकासको निम्ति सम्बन्धित वडाध्यक्षलाई ह्युम पाइप राख्ने कुरा उठाइयो । ह्युम पाइपको व्यवस्था भएन । लगाइएको बाली सुरक्षाको निम्ति फाँटकै कृषकहरू मिलेर ५ मिटरको ३ वटा पोलिथिन पाइप दुई ठाउँमा राखियो । निकास त खुल्यो । तर, वाल नलगाइएको कारण नयाँ खोलो खनेको ठाउँ–ठाउँमा बाटो काटिसकेको छ । एक ठाउँमा त पूरै बाटो काटिसकेको छ र पाइप पनि बगाइसकेको छ । दुई चार ठाउँमा आधा आधा बाटो काटिसकेको छ । फेरि ठुलो बाढी आयो भने वरपरका बाली सबै पुर्नेछ र क्षति हुनेछ ।
चाँगुनारायण नपाको निश्चित योजना नभएको कारण यो वर्षको धानबाली पनि नोक्सान हुनेछ । अहिले कोरिअरको योजना आउने र तद्नुसार काम हुने पनि चर्चा छ । तर, कोरिअरको योजना कहिलेदेखि लागु हुने हो, कहाँबाट सुरु हुने हो, निश्चित छैन । कोरिअर योजना आउने हो; बजेट आइसकेको हो भने अहिले जहाँ खोलो फराकिलो बनाइएको हो, जहाँ खोलो खोलेको हो; त्यहाँबाट काम सुरु गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव पनि दिइएको हो । तर, त्यो केही लागु भएन । गोँस पुलदेखि मूलसाँगु पुलसम्म निरीक्षण गर्न गइयो भने बाटो कहाँ बिग्रिएको छ; खोलोले कहाँ–कहाँ खाएको छ, त्यो सबै प्रस्ट हुन्छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख र सुडाल र बागेश्वरीका सम्बन्धित वडाध्यक्षहरूले अहिले फिल्डमा निरीक्षण गर्न सकिन्छ । फिल्ड निरीक्षण गरेर कहाँ–कहाँ बाटो बिग्रिएको छ, खोलाले काटेको छ, थाहा हुन्छ । निश्चित योजना बनाएर योजनाले भ्याएअनुसार काम गरिएको भए कृषकहरूको बाली क्षति हुने थिएन । वर्षाको बेला यो वर्ष काम नभए पनि अर्काे वर्ष खोलो चौडा बनाएको र खोला खोलेको ठाउँमा वाल लगाउनुपर्छ, जग्गाको सीमाङ्कन गरेर जग्गा छुट्याइदिनुपर्छ; जहाँ–जहाँ खोलाको निकास पठाउनुपर्ने हो; त्यहाँ त्यहाँ व्यवस्थित ढङ्गले ह्युम पाइप राख्ने व्यवस्था गर्नुपर्छ । खोलाले बाटोको सबै माटो बगायो भने पछि बाटो बनाउन माटो नै हुँदैन । हचुवाको भरमा काम भएकोले यो समस्या देखिएको हो । स्मरणीय छ, २०२२ साल पुस २० गते फाँटका कृषकहरू मिलेर खोलो सारिएको थियो । प्रत्येक वर्ष खेतमा खोलो पसी क्षति पु¥याइएको कारण खोलो सारिएको हो ।
खोलाले बाटो काटेको कारण बोरिङबाट खानेपानी ल्याउन बाटोमा राखिएको पाइप पनि छताछुल्ल भइसकेको छ । त्यहाँको अर्काे समस्या भनेको बिजुलीको पोल पनि हो । पहिले खोला सँगसँगैको बाटोबाट पोल गाडेको थियो । अहिले बाटो र खोला अन्तै परेकोले पहिले राखिएका पोलहरू पनि स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । यसतर्फ विद्युत् प्राधिकरणले ध्यान पु¥याउनुपर्ने देखिन्छ । हालकै पोल बाँकी भएकोले पोल सार्न त्यति खर्च लाग्दैन । यसबारे पनि विद्युत् प्राधिकरणले ध्यान दिनुपर्ने देखिन्छ ।
Leave a Reply