भर्खरै :

अन्धो र बहिरो केटाको कहानी

परिवर्तनको हुरी चलेको
एक जमाना

अन्धकार आकाशबाट
निरङ्कुशताको चट्याङ परिरहन्थ्यो ।

डर त्रासले आँसु झरिरहन्थ्यो ।

र पनि
एउटा केटो
निरन्तर
निसङ्कोच
यात्रा गरिरहन्थ्यो ।

जसलाई
दुनियाँले बहादुर योद्धा सम्झे
शासनको चावी सुम्पिे ।

तर
भ्रम थियो ।

वास्तवमा
त्यो केटो
अन्धो थियो
बहिरो थियो ।
पुनः निराशाको बादल मडारियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *