म भैल खः हुँ
- बैशाख ४, २०८३
परिवर्तनको हुरी चलेको
एक जमाना
अन्धकार आकाशबाट
निरङ्कुशताको चट्याङ परिरहन्थ्यो ।
डर त्रासले आँसु झरिरहन्थ्यो ।
र पनि
एउटा केटो
निरन्तर
निसङ्कोच
यात्रा गरिरहन्थ्यो ।
जसलाई
दुनियाँले बहादुर योद्धा सम्झे
शासनको चावी सुम्पिे ।
तर
भ्रम थियो ।
वास्तवमा
त्यो केटो
अन्धो थियो
बहिरो थियो ।
पुनः निराशाको बादल मडारियो ।
Leave a Reply