म भैल खः हुँ
- बैशाख ४, २०८३
नवदुर्गा बहुमुखी सहकारी संस्थाका
भ्रष्ट पदाधिकारीहरूलाई
२०२५ साउन २ गते
जनताले गरे कारबाही ।
भ्रष्ट मनस्थिति भएकाहरूले
आफूलाई बेइज्जत गरेको निहँुमा
बदलाको भावनाले
मल नल्याई दुःख दिए ।
असारको आधा आधीमा
सबैको खेतमा पानी टन्नै थियो
बीउ पनि ठिक्कै थियो
मल भने कतै पाइएन ।
नवदुर्गा सहकारीका बचतकर्ता
भक्तपुरका किसान जनता
डिपो–डिपोमा सधैँ धाउन थाले
कर्मचारी भन्थे सधैँ मल नै छैन ।
मानो रोपेर मुरी फलाउने बेला
मलको अभावले प¥यो पिर
केन्द्रमा पुगी किसान आक्रोशित
भ्रष्टहरूले १९ गते मल दिने बाचा गरे ।
मल पाउने आसले बिहानै किसानहरू
बोरा, नोल बोकी भेला भए केन्द्रमा
वरपर गुण्डा र पुलिस राखी
जनता तर्साउन भ्रष्टहरू लाग्छन् ।
न्यायप्रेमी अगुवाहरूले
भ्रष्ट अध्यक्ष मङ्गलेचालाई सोध्छन्
आज मल दिने भनेको खोइ ?
जनतालाई मल दिनुप¥यो भनी ।
तर्साउने हिसाबले चारैतर्फ हेरी
ओठे जवाफ दिन्छ मङ्गलेचाले
संस्थामा पैसा नै छैन
मल ल्याएर कसरी दिऊँ ।
जहान परिवार बालबच्चाहरूलाई नख्वाई
बचत गरेको हिसाब माग्छन् जनता
फेरि ओठे जवाफ फर्काउँछन्
तिमीहरूलाई हिसाब किन चाहियो ?
भ्रष्टाचारीलाई कठालो समाती
उल्टो टोपी नगर घुमाउँछन्
गुण्डा पुलिसको प्रतिकार गर्दै
भ्रष्टाचारविरूद्ध नारा जुलुस अघि बढ्छन्
भ्रष्टाचारविरूद्धको यो आन्दोलन
ऐतिहासिक साहसी कदम
बिर्सन सक्ने छैन अहिले पनि
२०२६ असार १९ को दिन ।
Leave a Reply