सिन्ह्वाको टिप्पणी : अमेरिकी सार्वजनिक ऋण नियन्त्रण बाहिर
- भाद्र ११, २०८३
भक्तपुर, २५ असार । नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवम् चाँगु नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूको प्रमुख आतिथ्यमा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन २०२५ साउन २ र २०२६ असार १९ को स्मरणमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा अतिथि फोजूले भ्रष्टाचारविरोधी आन्दोलन अहिले पनि उत्तिकै सान्दर्भिक भएको प्रस्ट्याउनुभयो ।
भक्तपुर नवदुर्गा बहुमुखी सहकारीमा अनियमितताको विरुद्धमा पहिले भएको सङ्घर्षबारे चर्चा गर्दै सहकारीहरूले गरेको ठगीबारे स्पष्ट पार्नुभयो ।
टोल, समाज, सहर, देशविदेशमा भए गरेका अनियमित विषयबारे पत्रपत्रिकालगायत सूचना प्रविधिको अध्ययन र विश्लेषण गरी सुशिक्षित हुनुपर्ने र त्यसबारे जनतालाई सचेत बनाउनुपर्ने उहाँले बताउनुभयो ।
पार्टी कार्यकर्ता लोभमा नफसी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक एवम् नैतिक भ्रष्टाचारमा नलागी असल नागरिकको भूमिका निभाउनु अत्यावश्यक भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा चानपा कार्यपालिका सदस्य युवराज बयलकोटीले इमानदारीपूर्वक विकासको काम गरी जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा एस.बी.फोजूले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा मङ्गलबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले भ्रष्टाचारविरोधी आन्दोलनबारे जानकारी गराउँदै सहकारी संस्थामा भएको भ्रष्टाचारको विरोधमा संस्थाका अध्यक्ष कृष्णभक्त चौगुठीलाई उल्टो टोपी लगाई भक्तपुर नगर घुमाई जनताले दण्ड दिएको बताउनुभयो ।
पुँजीवादी व्यवस्था भ्रष्टाचारको छाया हुने भएकोले त्यसको विरोधमा समाजवादी व्यवस्था स्थापनाको लागि जनतालाई सचेत बनाउनु जरूरी भएको उहाँले बताउनुभयो ।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले २०२५ साउन २ गतेको घटनाबारे चर्चा गर्दै जनताले सजाय दिएका भ्रष्ट व्यक्ति मङ्गलेचा चौगुठीलाई कारबाही गर्नुको सट्टा जिल्ला पञ्चायतले उपसभापति मनोनीत गरेको हुँदा पञ्चायती व्यवस्था भ्रष्टाचारीहरूको संस्था भएको प्रमाणित भएको बताउनुभयो ।
गणेशराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरिराम सुवाल र कृष्णराम सुलुले पनि बोल्नुभएको थियो ।
Leave a Reply