भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपाल संवत् दिल्लाथ्व पूर्णिमाको दिनलाई दिल्ला पुन्हि (गुरु पूर्णिमा) भनिन्छ । यस दिन आकाशमा चन्द्रमा सत्ताइस नक्षत्रमध्ये उत्तराषाढा नक्षत्रको नजिकमा हुन्छ । यस दिनलाई विशेष दिनको रूपमा पुजिन्छ । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइन्छ । आषाढ शुक्ल पूर्णिमामा गुरु चन्द्रमाको रूपमा आकाशमा चम्किरहेको हुन्छ र शिष्यरूपी बादलहरूले घेरिएको हुन्छ । अर्थात्, शिष्य हो : आकाशको अन्धकाररूपी बादल र गुरु हुन् प्रकाशित चन्द्रमा । चन्द्रमाको आफ्नो कुनै प्रकाश हुँदैन तर चन्द्रमाले सूर्यकै प्रकाशलाई परावर्तन गरेर शीतल रूप प्रदान गरिन्छ । त्यस्तै, गुरुले पनि प्रज्वल शक्ति र तेजलाई ग्रहणयोग्य बनाई दिन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नास गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ । यो कुरा तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकहरूमा उल्लेख गरिएको छ ।
गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
अर्थात्, गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानिएको छ ।
व्यास जयन्ती

Created with GIMP
आषाढ शुक्लपूर्णिमाकै दिन गण्डकी प्रदेशको तनहुँ जिल्लामा मादी र सेतीको द्वीपमा पराशरऋषि र मत्स्यगन्धा मत्स्योदरी पुत्र वेदव्यास जन्मनुभयो ।
वेद व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामर्वेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्लपूर्णिमाकै रातमा सिद्धार्थ गौतमले गृहत्याग गर्नुभयो । त्यस अवस्थामा आकाशमा उत्तराषाढा नक्षत्र विद्यमान थियो । सिद्धार्थ गौतमको गृहत्यागको घटनालाई महाअभिनिष्क्रमण भनिन्छ । यसैगरी, आषाढ शुक्लपूर्णिमाकै शाक्यमुनि बुद्धले पञ्चवर्गीय ब्राह्मणलाई बोधीज्ञानको उपदेश दिएका थिए । बोधीज्ञान पाएर शाक्यमुनि बुद्धको शरणमा गएपछि ती पञ्चवर्गीय ब्राह्मणहरू पञ्चवर्गीय भिक्षु कहलाए । बुद्धद्वारा आजकै दिनमा धम्मचक्र पवर्तन गर्नुभएको अर्थात् सम्यकसम्बुद्ध बनेपश्चात् आजकै दिनदेखि सबै सत्वप्राणीहरूको हित सुखको निम्ति आफू गुरु बनी ज्ञान बाँड्नुभएको थियो ।
गुरुकुलीय शिक्षा के हो ?
पूर्वीय शैलीको शिक्षालाई गुरुकुलीय शिक्षा भनिन्छ । यसमा विद्यार्थी गुरुको आश्रममा बसी गुरुद्वारा विभिन्न विषयमा पारङ्गत नहुञ्जेल पढ्ने गरिन्छ । पूर्ण ब्रह्माचर्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने भएकोले यसलाई ब्रह्माचर्या श्रम पनि भनिन्छ । गुरुकुल संस्कृत शब्द हो जसको अर्थ शिक्षक परिसरभित्र बस्ने पूर्ण आवासीय विद्यार्थी हुन्छ । गुरुकुलले विद्यार्थीको दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान सीपमा आधारित अभ्यासमूलक शिक्षा दिन्छ ।
प्राचीन कालमा आठ वर्षमा उपनयन संस्कार सम्पन्न भएपछि गुरुको सान्निध्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने प्रावधान थियो । त्यतिबेला विद्यार्थीले २५ वर्ष नपुग्दासम्म गुरुको साथमा बसेर विद्या अध्ययन गर्नुपथ्र्यो । गुरुबिना आर्जन गरिएको कुनै पनि ज्ञान सीपको जीवनमा अर्थ राख्दैन । एकलव्यले गुरु द्रोणाचार्यको मूर्ति स्थापना गरी धनुर्वाण सिकेका थिए । यज्ञावल्कयले सूर्यसँग वेद पढेका थिए ।
प्राचीन गुरुकुलहरूमा वेद, दर्शन, उपनिषद, व्याकरण आदि आर्ष ग्रन्थ पढाउनुका साथै गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, सामाजिक विज्ञान, चिकित्सा, भूगोल, खगोल, अन्तरिक्ष, गृह निर्माण, शिल्प, कला, सङ्गीत, तकनीकी, राजनीति, अर्थशास्त्र, न्याय, विमान विद्या, युद्ध, मनुष्यका भौतिक तथा आध्यात्मिक उन्नतिका लागि आवश्यक पर्ने सबै विषय अध्यापन गराइन्थ्यो ।
गुरुकुलभित्र शास्त्रार्थका रूपमा सामूहिक परीक्षा पनि हुन्थ्यो, जसमा एउटै गुरुकुलभित्रका चेलाहरू दुई समूहमा बाँडिन्थे र कसैले पूर्व पक्ष लिन्थ्यो, कसैले उत्तर पक्ष लिन्थ्यो । त्यसरी चेलाहरूको प्रतिभा, तर्क शक्ति, ज्ञान र अध्ययनको जाँच हुन्थ्यो । त्यहाँ गुरु नै निर्णायक र मध्यस्थ हुन्थे ।
आजको शिक्षा :
१८ शताब्दीपछि पश्चिमीहरूले पूर्वीय शैलीको शिक्षालाई छल, बल गरेर अनेक किसिमबाट आक्रमण गरे । तैपनि, पूर्वीय शैलीको गुरुकुलीय शिक्षाजस्तै पश्चिमाहरूले बोर्डिङ स्कूलको विकास गरे, त्यसमा राजादेखि रङ्कसम्मका विद्यार्थीहरूले शिक्षा लिन विद्यालयमै बस्नुपर्ने, सबै विद्यार्थीहरूलाई विद्यालयले नै खाने लगाउने चाँजो मिलाउँछन् । विद्यालयले सबै विद्यार्थीहरूलाइ एकैनासको पोशाक र भोजन दिन्छन् । उदाहरणको लागि बुढानीलकण्ठ स्कूल लिन सकिन्छ ।
बुढानीलकण्ठ स्कूलमा वेद, दर्शन, उपनिषद्बाहेक व्याकरण, अङ्ग्रेजी, गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, क्जययतष्लन, सामाजिक विज्ञान, स्वास्थ्य शिक्षा, कला, सङ्गीत, अर्थशास्त्र, न्याय, मनुष्यका भौतिक उन्नतिका लागि आवश्यक पर्ने सबै विषय अध्यापन गराइन्थ्यो ।
यो स्कूलमा राजपरिवारदेखि गरिब विद्यार्थीहरूले शिक्षा लिन विद्यालयमै बस्ने सबै विद्यार्थीहरूलाई विद्यालयले नै खाने लगाउने चाँजो मिलाउँछ । विद्यालयले सबै विद्यार्थीहरूलाई एकैनासको पोशाक र भोजन दिन्छ । मौसुफहरूलाई पनि बुढानीलकण्ठ स्कूलमा बिजुलीप्रसाद कायस्थले पढाउनुभएको थियो । उहाँ पङ्क्तिकार लेखकका पिता हुनुहुन्छ । उहाँ औद्योगिक शिक्षाको शिक्षक हुनुको साथसाथै हास्य कलाकार तथा व्यङ्ग्य कविताका कवि पनि हुनुहुन्छ । उहाँको जन्म १९८९ असोज ६ गते शनिबार भक्तपुरमा भएको थियो । उहाँको प्रकाशित कृतिहरू हुन् ः
१) वंशजका बाजे चक्रधरलाई चिट्ठी
२) पशुशाला (एउटा परी कथा) जर्ज अरवेल अङ्ग्रेजीबाट अनुवाद
३) लेख रचना ।
४) फर्निचर निर्माण (औद्योगिक शिक्षा) कक्षा ८, ९, १० पाठ्यपुस्तक ।
५) फर्निचर निर्माण कक्षा ८, ९, १० अङ्ग्रेजीमा अनुवाद आदि । उहाँद्वारा लिखित पशुशाला (एउटा परी कथा) जर्ज अरवेल अङ्ग्रेजीबाट अनुवाद, नेपाली भाषासाहित्यको परी कथाका विधामा चर्चित ग्रन्थ मानिन्छ ।
उहाँ शिक्षण पेसालाई सम्मान र सहानुभूतिका साथ ज्ञान बाँड्ने पवित्र सेवा पनि भन्नुहुन्थ्यो । उहाँको भनाइअनुसार वर्तमान समयमा शिक्षा पनि व्यापारसँगै जोडिएपछि ज्ञान बाँड्ने काम पनि पेसाको रूपमा परिणत भएको छ । अनि शिक्षण सेवा पनि पेसा वा जागिरका रूपमा रूपान्तरण भएको छ ।
गुरु र शिक्षकमा अन्तर :
गुरुले पैसा वा कुनै आर्थिक लाभ प्राप्तिका लागि ज्ञान बाँडेका हुँदैनन् । निःस्वार्थरूपमा शिष्यलाई ज्ञान बाँड्छन् । गुरुले आफ्ना शिष्यलाई ज्ञान बाँडी अज्ञानताको अन्धकारबाट मुक्ति दिलाउने लक्ष्य राखेका हुन्छन् । शिष्यप्रति गुरुको ठुलो उत्तरदायित्व हुन्छ भने गुरूप्रति अनन्तकालसम्म शिष्य पनि उत्तरदायी हुन्छ । गुरुकुल पद्धतिमा त झन् ६/७ वर्षकै उमेरमा बालबालिकालाई अभिभावकले ज्ञानका लागि गुरुको जिम्मा लगाउँथे । २५ वर्षसम्म गुरुले त्यस्ता शिष्यलाई ज्ञान दिन्थे । त्यसैले, गुरूप्रति शिष्य र शिष्यप्रति गुरुको घनिष्ठ आत्मीयता हुन्थ्यो ।
शिक्षक भने विद्यार्थीप्रति उत्तरदायी हुँदैनन् । सेवा गरेबापत आर्थिक लाभ लिन्छन्, त्यसपछि गुरुको कर्तव्य सकिन्छ । शिक्षक विद्यार्थीको सिङ्गो भविष्यप्रति उत्तरदायी हुँदैनन् । विद्यार्थीको पनि पढाउञ्जेल मात्रै हो, पढाइसकेपछि शिक्षकप्रति उत्तरदायित्व हुँदैन । आर्थिक लाभको उद्देश्यले ज्ञान बाँडिन्छ भने त्यो गुरुअन्तर्गत पर्दैन, शिक्षकअन्तर्गत पर्छ । अङ्ग्रेजीमा त गुरु र शिक्षक दुवैलाई टिचर भनिन्छ ।
रामायणका अनुसार राजा दशरथका छोरा रामसहित चारै भाइको शिक्षा ऋषि बशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरूको बिदाइको दिन निश्चित हुन्छ । राजकुमारहरूलाई लिन महामन्त्री सुमन्त राजकुमारहरूको लागि भेषभूषासहित राजाको तर्फबाट अनेकौँ बहुमूल्य वस्तुहरू गुरु दक्षिणास्वरूप लिएर ऋषि आश्रम पुग्छन् । महामन्त्रीले गुरु दक्षिणा स्वीकार गर्न ऋषिलाई आग्रह गर्छन् । गुरु दक्षिणा रामबाट मात्र लिने राजाबाट नलिने भनी गुरुले अस्वीकार गर्छन् र भन्छन् कि यो सबै चीज लगेर राजालाई बुझाइदिनू । महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन् सो बहुमूल्य सामान आश्रमको कोषमा सङ्ग्रह गरिराख्नुहोस् । गुरु रिसाउँदै भन्छन् – राजा, मन्त्री र गुरुले धनसङ्ग्रह गर्नु हुन्न ।
राजाले धन सङ्ग्रह गरेमा जनता गरिब हुन्छन् र राष्ट्र नै गरिब हुन्छ ।
मन्त्रीले धन सङ्ग्रह गर्न लागेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ ।
गुरुले धन सङ्ग्रह गर्न थालेमा शिक्षाको मूल्य मान्यतामा ¥हास आउँछ र मूर्खहरूको साम्राज्य फैलिन्छ ।
शिक्षाको मूल आधार : धर्म र शासन
संसारभरमा शिक्षा दिने मूल कारण नै धर्म र शासनको लागि हो । अङ्ग्रेजहरूले भारतमा ई. १८३४ मा अनिवार्य अङ्ग्रेजी शिक्षा चलाउँदा हिन्दू र इस्लाम धर्ममा आक्रमण गरेका थिए । थोमसमेकाले बाबुलाई लेखेको चिठीमा भनेका थिए, अबदेखि अङ्ग्रेजी शिक्षा लिएको कुनै पनि हिन्दू आफ्नो धर्ममा इमानदार हुनसक्दैन । अब कतिले हाम्रै नीति पालन गरी रहन्छन्, अनि कतिले धर्म परिवर्तन गरी इसाई नै हुन्छ । थोमसमेकाले बाबुलाई लेखेको चिट्ठीमा यी कुरा पनि लेखेका थिए । यदि शिक्षा योजना सफल भयो भने अबको ३० वर्षपछि बङ्गालका क्षेत्री बाहुनको घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै भेटिँदैन ।
थोमसमेकाले बेलायती संसद् (२ फेब्रुअरी, १८३५) मा भारतलाई जित्न, सर्वप्रथम त्यहाँको आध्यात्मिक र सांस्कृतिक अनि प्राचीन शिक्षा प्रणालीलाई हटाउनुपर्छ भन्ने प्रस्ताव राखेका थिए ।
गुरुकुलीय शिक्षा पनि धर्मबाटै अनुप्राणित थिए । त्यसैले विदेशीले अर्काको मुलुकमा दिगोशासन गर्न शिक्षाका बहाना बुनेर धर्ममै आक्रमण गर्नुपर्ने रहेछ भन्ने थोमसमेकाको कुटिल मन्त्रबाट बुझ्नुपर्छ ।
Leave a Reply