शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, २५ असार । समाज सुधार माध्यमिक विद्यालयले एसईईमा उत्तीर्ण परीक्षार्थीहरूलाई बुधबार बधाई तथा मार्ग निर्देशन कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सृजना संैजुले कठिन परिश्रम गरेर हरेक विषयमा विशेषज्ञता हासिल गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीले पाठ्यपुस्तकबाहेक अग्रज, समाज र देशलाई चिन्न अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
हरेक विषय उत्तिकै महत्वपूर्ण हुने विचार व्यक्त गर्दै उहाँले देशको आवश्यकताअनुसारको जनशक्ति तयार गर्न भूगोल, इतिहास, साहित्य, संस्कृति आदि विषयमा पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्यालेस्टिनमा भइरहेको नरसंहारको निन्दा गर्दै भन्नुभयो, “अमेरिका युद्ध निर्यात गर्ने देश हो† अमेरिकाले लगानी गरेको इजरायल हो† अमेरिका हतियार बेच्ने देश हो† हस्तक्षेप र स्वाधीन देश कब्जा गर्ने देश हो ।”
पढाइसँगै आ–आफ्नो चरित्र निर्माण गर्न, व्यक्तित्व विकास गर्न, व्यवहारिक शिक्षा पाउन र उद्देश्य पूरा गर्न कठिन परिश्रम र साधना गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले १० जोड दुईपछि विदेश पठाउने सरकारी नीति गलत भएको बताउनुभयो ।
देशको शिक्षा प्रणाली नै गलत भएको विचार व्यक्त गर्दै उहाँले देशको लागि आवश्यक जनशक्ति तयार गर्न नयाँ पुस्ता क्रियाशील भइरहनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुजी ह्योङ्गोजुले पढ्ने विद्यार्थी जहिले पनि सफल हुने चर्चा गर्दै आफ्नो क्षमता नहेरी शिक्षा अध्ययन गरेमा पछि पछुताउनुपर्ने बताउनुभयो । देशका शासकहरू दूरदर्शी नहुँदा देशको शैक्षिक स्थिति भद्रगोल भइरहेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले भक्तपुर शिक्षाको केन्द्रको रूपमा विकास भइरहेको चर्चा गर्दै भक्तपुरमा सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको र आफूले आफूलाई नियन्त्रण गर्नुपर्ने आवश्यकताबारे उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकद्वय सुरज दिदिया र कृष्णप्रसाद सुवाल, एसईईमा उत्तीर्ण विद्यार्थीको तर्फबाट प्रीति प्रजाले पनि बोल्नुभएको थियो ।
शिक्षक श्रीप्रसाद त्यातले मार्गनिर्देशन कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।
Leave a Reply