नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
–अभिशेक दे
गएको शुक्रबार भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका झण्डै दुई हजार छात्रछात्राहरुले आफ्नो क्याम्पसदेखि संसदभवनसम्म विरोध जुलुस निकाले । उनीहरुले मुलतः तीन वटा विषयलाई लिएर त्यो जुलुसको आयोजना गरेका थिए ः १)विभागीय प्रमुखहरुको जथाभावी निलम्बन, २) केही विषयमा सिट सङ्ख्याको कटौती र ३) अनिवार्य हाजिरीको नयाँ नियम । साथै छात्रछात्राहरुले कम्तीमा आठजना विद्यार्थीलाई यौन उत्पीडनको आरोप लागेका एक जना प्राध्यापकलाई तत्काल निलम्बनको माग समेत गरेका छन् ।
दक्षिणी दिल्लीस्थित भारतीय राष्ट्रिय सैनिक बजार (आइएनए मार्केट) नजिक छात्रछात्राहरुको विरोध जुलुसलाई प्रहरीले रोक्यो । सो क्रममा भएको झडपमा प्रहरी अधिकारीहरुले दर्जनौं विद्यार्थी र प्राध्यापकमा हातपात गरेको देखिएको छ । प्रहरीले कम्तीमा एक जना छात्राको कपडा च्यातिदिएको क्यामरामा कैद भएको छ । साथै अरु आठ जना छात्राहरुले आफ्नो लुगा पनि च्यातिएको दाबी गरेका छन् । एक जना महिला पत्रकारले घटना भएको ठाउँबाट पछाडि धकेल्ने क्रममा एक जना इन्स्पेक्टरस्तरका पुरुष प्रहरी अधिकारीले आफूमाथि हातपात गरेको बताएकी छिन् । एक जना महिला फोटोपत्रकारले आफूले क्यामरामा कैद गरेका दृश्य मेट्न नमान्दा एक समूह प्रहरीले उनको क्यामरा छिन्न खोजेका थिए ।
प्रहरीमाथि प्रदर्शनकारीहरुको आरोपको विषयमा प्रहरीले कुनै पनि प्रक्रिया दिएको छैन । तर पत्रकारहरुबाट आलोचना हुन थालेपश्चात प्रहरी यौन हिंसाका घटनामाथि अनुसन्धान गर्ने घोषणा गर्न बाध्य भएको छ । प्रहरीले झडपमा आफ्नो तर्फबाट ४१ जना प्रहरीहरु घाइते भएको बताएको छ ।
शुक्रबार राति दिल्ली प्रहरीले सो घटनाबारे स्पष्ट बनाउने ध्येयले एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ,‘जेएनयुका विद्यार्थीहरको जुलुसका क्रममा केही विद्यार्थीहरु आक्रामक भए र प्रहरीले ठड्याएका अवरोध भत्काउने प्रयास गरे ।… प्रहरीले बाध्य भएर पानीको फोहोरा प्रयोग गर्नुप¥यो र केही प्रदर्शनकारी त्यहाँबाट पछि हटे । यस्तो अवस्थामा एक जना महिला पत्रकारले आफूमाथि हातपात भएको उजुरी गरेकी छिन् र सोसम्बन्धमा अनुसन्धान विभागले छानबिन गर्ने छ ।’
घटना भएको घण्टौंपश्चात दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी केही विद्यार्थीहरुविरुद्ध सरोजिनी नगर प्रहरी चौकीमा मुद्दा दायर ग¥यो । झडप भएको क्षेत्र सरोजिनी नगर प्रहरी चौकीको क्षेत्रअन्तर्गत पर्दछ । एक प्रहरी अधिकारीका अनुसार हातपातको घटनाबारे एक जना इन्स्पेक्टर स्तरको अधिकारीको नेतृत्वमा छानविन भइरहेको छ ।
तर प्रहरीले हातपात घटनाको प्रारम्भिक सूचना उजुरी (एफआईआर) दर्ता गर्न बाँकी नै छ । बरु उनीहरुले सो घटनाबारे विभागीय अनुसन्धानको थालनी गरेका छन् ।
प्रहरीले जुलुसमा सहभागी विद्यार्थीहरुमाथि लगाइएको एफआईआरबारे केही पनि थप कुरा सविस्तार सार्वजनिक गर्न मानेको छैन । प्रहरीले घटनाबारे आफ्नो भनाई सार्वजनिक गर्न सामाजिक सञ्जालको सहारा लिएको छ । उनीहरुले आफूसँग भएका भिडियोहरुमा आधारित भएर प्रदर्शनकारीलाई पहिचान गरिरहेको छ ।
शुक्रबारकै राति दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी मधुर वर्माले घटनाबारे ट्वीटहरु गरेका थिए ।
वर्माले गरेका तीन वटै ट्वीटलाई दिल्ली प्रहरीका ट्वीटर खाताले पुनःट्वीट गरेको थियो ।
वर्माको ट्वीटले व्यापकता पाएको केही समयपश्चात गौरव झा नामका एक जना व्यक्तिले जवाहरलाल नेहरु विश्वविद्यालयका एक जना अनुसन्धान स्कलरको निजी जानकारी सार्वजनिक गरे । उनले ट्वीटरको भिडियोमार्फत ती स्कलरको पहिचान गरेको दाबी गरे । झा अखिल भारतीय विद्यार्थी परिषद्का सदस्य हुन् । परिषद् राष्ट्रिय स्वंयसेवक सङ्घको विद्यार्थी संगठन हो । उनी सन् २०१५ मा भएको जेएनयु विद्यार्थी युनियनको चुनावमा सभापति पदका उम्मेदवार थिए । उनले पहिचान गरेको भनिएको विद्यार्थी भने एउटा वामपन्थी संगठनसम्बद्ध विद्यार्थी कार्यकर्ता हुन् ।
झाको ट्वीट केही घण्टाभित्रै जङ्गली आगोझैं फैलियो । परिणामतः ती अनुसन्धान स्कलरले आफ्नो फेसबुक खाता नै बन्द गरी भूमिगत हुन बाध्य हुनुपरेको थियो ।
केही विद्यार्थीहरुले प्रहरीबाट अपनाइएको यो नयाँ तरिका(ट्वीटरमार्फत् भिडियो सार्वजनिक गरेको तरिका)ले पहिचान भएको भनिएको व्यक्तिमाथि भिजिलान्तेहरुबाट भौतिक आक्रमण हुने सम्भावना देख्दैछन् । यो विषयमा प्रहरीका वरिष्ठ अधिकारीहरुले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । यो विषयमा दिल्ली प्रहरीका प्रवक्ता दिपेन्द्र पाठकलाई फोन गर्दा उनले कुनै प्रक्रिया जनाएनन् ।
अङ्ग्रेजी स्रोतः स्क्रोल.इन
Leave a Reply