“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
किसान नेता ज्ञानबहादुर न्याईच्याईलाई सोमबार किसानहरुले सम्झेका छन् ।
भक्तपुरको किसान आन्दोलनका नेता किसान आन्दोलनका अभियन्ता न्याईँच्याईको सातौं स्मृति सभा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिले सोमबार आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले न्याइच्याईको स्कुले जीवन नभएपनि समाज परिवर्तनमा योगदान कुनै पढेलेखेका व्यक्तिको भन्दा कम नभएको बताए । उनले न्याइच्याई साधारण जीवनशैलीका प्रतिभाशाली व्यक्तित्व भएको भन्दै भक्तपुरका पाटी, पौवा, मठमन्दिर व्यक्तिको नभई सार्वजनीक सम्पत्ती भएकोले त्यसलाई जोगाउन संघर्ष गरेको र किसानहरुलाई मोहियानी हक दिलाउन सक्रिय व्यक्तित्व भएकोले नयाँ पुस्ताले यसबारे सिक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछे भक्त फोंजुले ज्ञान बहादुर न्याईच्याई जस्तै इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्ने भएकोले पार्टीका सबै कार्यकर्ताहरुले उनीबाट सिकेर देश र जनताको सेवा गर्नुपर्ने बताए ।
नेक्राकिसंघका केन्द्रीय कोषाध्यक्ष हरेराम सुवालले पार्टीको निर्देशनअनुसार आफ्नो व्यापार व्यवसाय छोडेर राजनीतिमा लागी समाज सेवामा समर्पित भएका न्याईच्याइ खेलकुद क्षेत्रको संरक्षणमा समेत अग्रसर भएको स्मरण गरे ।
कार्यक्रम नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले सभापतिमा भएको थियो ।
न्याईच्याई भक्तपुर नगरपालिकाका पूर्व प्रमुख समेत थिए ।
Leave a Reply