रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, ३२ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूको भेला बुधबार सम्पन्न भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रम विशुद्ध स्वयम्सेवी कार्यक्रम भएको बताउँदै जनताको घरदैलो पुगेर जनतालाई स्वास्थ्यबारे सचेतना फैलाउने काममा महिला स्वयम्सेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८० हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै उहाँले भक्तपुर नपाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा अन्य स्थानीय तहहरूको पनि अनुकरणीय रहेको बताउनुभयो ।
लागूआषैध प्रयोगकर्ताहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बताउँदै उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाहरूले लागूऔषधको दुव्र्यसन तथा अवैध ओसारप्रसारबारे विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य स्वयम्सेविकाहरूलाई आगामी दिनमा अझ क्रियाशील भई जनताको सेवा गर्न प्रेरित गर्दै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतको क्षेत्रमा अरुले भन्दा फरक ढङ्गले काम गर्ने उद्देश्यले जनमुखी कार्यमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वास्थ्य स्वयम्सेविकाहरूले आफ्नो कामको व्यवस्थित अभिलेखीकरणमा जोड दिन आग्रह गर्दै सरकारले स्थानीय तहमा प्रथम सेवा बिन्दु कायम गरेको अस्पतालहरूको विषयमा नगरवासीहरूलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले आ.व. २०८२/८३ को भावी योजनाहरूबारे प्रस्ट पार्दै पूर्ण खोप र आमा सुरक्षा कार्यक्रमबारे व्यवस्थितरूपमा प्रचारप्रसार गर्न स्वयम्सेविकाहरूलाई मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा हेल्थ असिसटेन्ट कमलकेशरी शिल्पकारले महिला स्वास्थ्य स्वयम्सेविकाहरूले पालना गर्नुपर्ने नीति नियमहरूबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply