भर्खरै :

अमेरिकी शासकको काम आक्रमण गर्ने र धम्काउने !

अमेरिकी शासकको काम आक्रमण गर्ने र धम्काउने !

संयुक्त राज्य अमेरिका आक्रामक देश हो । अमेरिकाले विगतमा अरु देशमाथि गरेको आक्रमण र हाल आक्रमण गर्न गरेको सहयोगले अमेरिका आक्रामक देश हो भन्ने कुरा थाहा हुन्छ । अमेरिकी शासकहरू आफूभन्दा फरक विचारका देश र देशका शासकहरूलाई अनेक धम्की दिन्छन् । के अमेरिकी शासकहरूको काम नै धम्की दिनु हो ? अरु देशमा आक्रमण गर्नु हो ? आक्रमण गर्न हतियार र सेना सहयोग गर्नु हो ? अरु देशमा आक्रमण गर्ने, आक्रमण गर्न सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नगरे रुसमाथि एक सय प्रतिशत कर लगाउने चेतावनी दिए । राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति आक्रोश पोख्दै कडा भन्सार लगाउने चेतावनी दिए ।
रुससँगको युद्धमा युक्रेनले अमेरिकी हतियार किनिरहेको छ† प्रयोग गरिरहेको छ । अमेरिकासँग नाटोले हतियार किनेर युक्रेनलाई वितरण गर्ने सम्झौता भइसकेको छ । यसरी युद्धमा हौस्याउने, सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले ५० दिनभित्र वार्ता भएन भने रुसमा सय प्रतिशत कर लगाउने चेतावनी के अमेरिकी प्रशासनको अहङ्कार होइन ? शक्तिशाली देशको अभिमानी होइन ? आफूसँग प्रशस्त हतियार छ† शक्तिशाली देश भनेर कहिले कर लगाउने, कहिले आर्थिक नाकाबन्दी गर्ने, कहिले प्राकृतिक स्रोत र साधनमा आँखा गाड्ने, कहिले आक्रमण गर्ने र कहिले राष्ट्र प्रमुखहरूलाई फासी दिन उक्साउने काम अमेरिकी प्रशासनले गरिरहेको छ । ट्रम्प प्रशासनले ताइवानको रक्षाको लागि भन्दै युद्धको तयारीलाई तीव्र बनाउने तरखर गर्दै छ । क्यानाडा, ग्रिनल्यान्ड र पानामालाई कब्जा गर्ने धम्की ट्रम्प प्रशासनले पहिले नै दिएको थियो । युद्धमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहयोग गर्दै आएको अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वको मन जित्न वार्ताको प्रचार गरेर शान्तिको लागि नोबेल पुरस्कार पाउने आशाको पोको बोकिरहेका छन् ।
अमेरिकाले नै इरानमा पहिलोपटक बङ्कर–बस्टरमा बमबारी गरेको थियो† वैज्ञानिक र कमान्डरहरू मारेको थियो । युद्ध निम्त्याउने, चर्काउने, नरसंहार गर्ने र अरुको अश्त्रसश्त्रको भण्डारणमा आक्रमण गर्ने अमेरिकाले अरु देशलाई युद्धमा सम्झौता नगरे कर लगाउने भनी धम्काउने ? पहिले चीनमा पनि यसरी नै अमेरिकाले एकाएक बढी कर लगाउने निर्णय गरेको थियो । अहिले चीन विकासलगायत अन्य क्षेत्रमा अघि बढिरहेको हुँदा चीन नै अमेरिकाको निम्ति सबैभन्दा ठुलो भू–राजनीतिक दुश्मन भएको छ । यसअघि ट्रम्पले रुस र चीन संसारको निम्ति खतरा छ भनी खोकेका थिए । ट्रम्प प्रशासनले एसियामा अमेरिकी लक्ष्यलाई नवीकरण गर्दै सन् २०१७ को राष्ट्रिय सुरक्षा रणनीतिले चीन र रुसी खतरा प्रमुख भएको निष्कर्ष निकालेको थियो ।
चीनको उदयलाई अमेरिकाले मन पराएको थिएन । वास्तवमा अहिले अरु देश होइन अमेरिकाबाट नै विश्वका जनता आक्रान्त र असुरक्षित छन् । अमेरिकाले धेरै देशमा आक्रमण गरेर धनजनको क्षति पु¥याइसकेको छ । अहिले पनि दर्जनौँ मुलुकमा हतियारसहितको अमेरिकी सेना तैनाथ गरिएको छ । इराक, लिविया, इरान, प्यालेस्टिन, अफगानिस्तानमा आक्रमण गर्ने, राष्ट्र प्रमुखहरूको हत्या गर्ने काममा अमेरिकाको प्रत्यक्ष र अप्रत्यक्ष हात रहेको छ । अमेरिकाले जहाँ जतिसुकै आक्रमण गरे पनि उसलाई कुनै कानुन लाग्दैन । अरुले प्रत्याक्रमण गर्दा पनि ‘आतङ्ककारी’ को आरोप लगाएर आर्थिक नाकाबन्दी गर्ने र आक्रमण नै गर्ने काम अमेरिकाले गरिरहेको छ । चीनले जापानी र दक्षिण कोरियाली सरकारसँग सहकार्य गर्ला भन्ने भयले अमेरिकाले ती दुई देशलाई बल पु¥याइरहेको छ ।
अमेरिकी राष्ट्रपति र प्रशासनको अभिव्यक्ति र क्रियाकलाप हेर्दा अमेरिका संसारकै ‘दादागिरी’ देश भएको देशप्रेमी र शान्तिप्रेमीहरूको भनाइ गलत होइन । युद्ध र आक्रमणले कुनै पनि देशको हित हुँदैन, सुरक्षा हुँदैन । चीन युद्ध चाहँदैन । चीन सबैजसो देशसँग सहकार्य गरेर सँगसँगै विकास गर्न चाहन्छ । युद्धविरोधी या देशको विकासमा अघि बढिरहेको चीनमा पनि अमेरिकाले बेलाबखत आक्रमण गर्ने धम्की नदिएको होइन । चीनको विकासमा बाधा हाल्न, चीनविरोधी गतिविधिमा साथ दिन, अरु देशलाई उक्साएर, युद्धमा फसाएर कमजोरी बनाउन र आन्तरिक द्वन्द्व चर्काउने काम अमेरिकाले गरिरहेको यथार्थ हो । संसारका अधिकांश देशहरू साम्राज्यवादी नीतिको विरोधमा छन् । साम्राज्यवादी देश रहेसम्म संसारका जनता शान्तिपूर्वक बाँच्न पाउने छैनन् । यसकारण, संसारका स्वाधीन र सार्वभौम देशहरू साम्राज्यवादी नीति अन्त्यको निम्ति उठ्नुपर्छ† साम्राज्यवादको विरोधमा जनमत तयार गर्नुपर्छ । विश्वमा अहिले प्रजग कोरिया होइन अमेरिका एक्लिँदै छ† अमेरिका संसारकै बदनामी देश बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *