परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिका पर्यटन सेवा तथा सुरक्षा केन्द्रमा कार्यरत कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन विकासको लागि सबभन्दा महत्वपूर्ण आधार शान्ति सुरक्षा भएको स्पष्ट पार्दै भक्तपुर पर्यटकहरूलाई शान्त र सुरक्षित सहर भएको बताउनुभयो ।
पर्यटन सेवामा आबद्ध कर्मचारीहरूको प्रत्यक्ष सम्पर्क स्वदेशी एवं विदेशी पर्यटकहरूसँग हुने, कर्मचारीहरूको बोली र व्यवहारले देशप्रतिकै दृष्टिकोण झल्किने भएकोले कर्मचारीहरू सुसंस्कृत र सभ्य हुनुपर्नेमा जोड दिनुभयो ।
राजस्व उठाउने कर्मचारीहरूलाई शङ्काको दृष्टिकोणले हेर्ने खतरा भएकोले सबै कर्मचारी आर्थिक मामिलामा इमानदार हुनु जरुरी छ, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताअनुसार नगरपालिकाले काम गर्दै आएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा विशेष जोड दिँदै भनपाले काम गरिरहेको स्पष्ट पार्दै ख्वप अस्पतालले देशभरिका जनताकै सेवा गरिरहेको बताउनुभयो ।
भनपा वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले पर्यटन विकासको लागि भनपाले विभिन्न गतिविधि र महोत्सव गर्दै आएको बताउनुभयो ।
पर्यटन सेवा तथा सुरक्षा केन्द्रका उपनिर्देशक गौतमप्रसाद लासिवाले कार्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सार्क र गैरसार्क गरी वर्षभरिमा २ लाख ४४ हजार ८६८ जनाले भक्तपुर नगरको भ्रमण गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा शरद् खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply