भर्खरै :

भ्रष्टाचार

  • श्रावण ३, २०८२
  • सोनी श्रेष्ठ
  • विचार
भ्रष्टाचार

भ्रष्टाचार भन्नाले कुनै व्यक्ति, संस्था वा सरकारी निकायले आफूलाई दिइएको अधिकारको दुरूपयोग गर्दै व्यक्तिगत लाभका लागि नियम, कानुन र नैतिकताको उल्लङ्घन गर्नु हो । सरकारी काममा ढिलासुस्ती, घुस माग्नु र अनियमितता गर्नु भ्रष्टाचार हो ।
भ्रष्टाचार आजको एक गम्भीर सामाजिक, आर्थिक र नैतिक समस्या हो । कुनै पनि राष्ट्रको समृद्धि र विकासलाई बाधा पु¥याउने मुख्य तत्वमध्ये भ्रष्टाचार अग्रस्थानमा छ । नेपालजस्तै विकासोन्मुख अरु देशमा पनि यसको प्रभाव अझ भयावह देखिएको छ ।
नेपालमा भ्रष्टाचार गम्भीर समस्या हो । यो सरकार, सार्वजनिक निकाय, शिक्षा, स्वास्थ्य, कानुन र अन्य क्षेत्रहरूमा व्यापकरूपमा फैलिएको छ । धेरैजसो सेवा लिनको लागि घुस दिनुपर्ने, काम छिटो गराउन घुस दिनुपर्ने अवस्था सामान्यजस्तै भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२४ को सूचाङ्कमा १८० देशमध्ये नेपाल १०८ औँ स्थानमा पर्छ, जुन गम्भीर अवस्था हो ।
धेरैजसो ठुलो भ्रष्टाचार प्रकरणहरूमा सरकारका उच्च तहका पदाधिकारीहरूको संलग्नता भएको पाइन्छ ।
भ्रष्टाचारका केही चर्चित उदाहरणहरू :
– ओम्नी समूह स्वास्थ्य सामग्री खरिदमा घोटाला (२०२० कोभिड – १९)
– बङ्गलादेशबाट यान्त्रिक मल खरिद प्रकरण
– संसद् सचिवालयको ६ अर्ब घोटाला
– मेलम्ची खानेपानी आयोजना
– नेपाल वायुसेवा निगम – वाइडबडी जहाज खरिद घोटाला
सरकारका भ्रष्टाचारका मूल कारणहरू
– राजनीतिक संरक्षण : मन्त्री र पार्टी नेताहरूले भ्रष्ट व्यक्तिहरूलाई जोगाउने,
– दण्डहीनताको संस्कार : कैयौँ ठुला काण्डमा दोषी ठहरिएका व्यक्तिहरूले सजाय पाउँदैनन् ।
– पारदर्शिता र जवाफदेहिताको अभाव : सरकारी निर्णय स्पष्ट हुँदैन ।
– कागजी प्रक्रिया र डिजिटलाइजेसनको अभाव : अनलाइन प्रणाली कमजोर हुँदा अनियमितता सजिलै हुन्छ ।
भ्रष्टाचारका असरहरू धेरै छन् । जस्तै : जनताको विश्वास गुम्नु, विकासमा ढिलाइ, गरिबी र असमानता बढ्नु, वैदेशिक सहायतामा आँखा गाड्नु आदि पर्दछन् ।
समाधान के हो ?
– राजनैतिक हस्तक्षेप नगरी दोषीलाई सजाय दिनुपर्ने,
– सरकारी सबै खर्च डिजिटल प्रणालीमा पारदर्शी बनाउनुपर्ने,
– सांसदहरूले जनताको लागि बोल्नुपर्ने र नागरिकहरूले खबरदारी गर्ने,
– राजनीतिमा चरित्रवान् र उत्तरदायी नेताहरूको प्रवाह ।
निष्कर्ष
नेपालमा भ्रष्टाचार सरकारी कमजोरी मात्र होइन । यो सत्ता स्वार्थ, लापरबाही र जनउत्तरदायित्वको अभावको परिणाम हो । सरकार आफैँ भ्रष्टाचारको केन्द्र बन्दै गएमा राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्नसक्छ । त्यसैले, नागरिक सचेत हुन जरुरी छ । जनताको प्रत्यक्ष निगरानी, सञ्चारमाध्यमको भूमिका र जवाफदेही नेतृत्वले मात्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने सम्भावना बढाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *