भर्खरै :

प्रदेश नं ३ का विभिन्न संसदीय समिति गठन

-अन्जली रम्तेल
हेटौँडा, १३ चैत (रासस) ः प्रदेश नं. ३ प्रदेशसभाको प्रथम अविधेशनको सातौँ बैठकले सार्वजनिक लिखत, आर्थिक कार्यविधि र प्रदेश सरकारको कार्यविधि २०७४ सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्नुभयो ।
बैठकले कार्यव्यवस्था परामर्श समिति र पाँचवटा विषयगत समिति निर्माण गरेको छ । पाँचवटै समितिमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति, उद्योग पर्यटन तथा वातावरण समिति रहेको छ ।
कार्यव्यवस्था परामर्श समितिमा सांसदहरु राजेन्द्र पाण्डे, रामेश्वर फुँयाल, गणेश दुलाल, बुद्धिमान माझी, सुरेन्द्रराज गोसाई, रीना गुरुङ र रीता माझी रहनुभएको छ ।
प्रदेश मामिला समितिमा सांसद अष्टलक्ष्मी शाक्य, रचना खड्का, रामेश्वर फुँयाल, माधवप्रसाद पौडेल, प्रदीपकुमार कटुवाल क्षेत्री केसी, रोगेन्द्रराज संग्रौला, राजेन्द्रमान श्रेष्ठ, केशवराज पाण्डे, ज्ञानेन्द्र शाक्य, जुनेली मायाँ श्रेष्ठ, इन्द्रबहादुर बाँनिया, छिरिङ दार्जे लामा, गीता वाग्ले, राधा घले, मिलनबाबु श्रेष्ठ, बुद्धिमान माझी, राजकाजी महर्जन, विशाल खड्का, भावना सुवेदी, सुरेन्द्रराज गोसाइर रीना गुरुङ रहनुभएको छ ।
अर्थ तथा विकास समितिमा सांसद्हरु राजेन्द्रप्रसाद पाण्डे, सरेश नेपाल, विजय सुवेदी, नारायणबहादुर सिलवाल, शान्तिप्रसाद पौडेल, मिना ज्ञवाली नेपाल, लक्ष्मण लम्साल, डा.अजयकान्ती शाक्य, शशीजंग थापा, शान्ति थिङ, आशामाया तामाङ, बिजुला बर्मा, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, प्रभात तामाङ, कुमारी मोक्तान, लेखनाथ दाहाल, दिनेश महर्जन, आङदेण्डी लामा र शोभा शाक्य रहनुभएको छ ।
त्यसैगरी सार्वजनिक लेखा समितिमा सांसदहरु पशुपति चौलागाई, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, जीवन खड्का, देवकी श्रेष्ठ, गणेश दुलाल, दीपक निरौला, बेलीमाँया घले, विनोद खड्का, चन्द्रबहादुर लामा, न्हुच्छेनारायण श्रेष्ठ, जीवन डंगोल, सन्तबहादुर प्रजा, भिमसेन खत्री, ओमबहादुर ग्लान, रत्नप्रसाद ढकाल, सीता अधिकारी, हिमाली गोले, रमेश पौड्याल, रीता माझी र प्रेमबहादुर तामाङ रहनुभएको छ ।
शिक्षा स्वास्थ्य तथा कृषि समितिमा सरस्वती बस्नेत, सरस्वती बाटी, रामकुमार अधिकारी, गोमा भुर्तेल, मैना अछामी, केशवप्रसाद पोखरेल, वसन्तप्रसाद मानन्धर, इन्द्रमाया गुरुङ, प्रकाश श्रेष्ठ, उर्मिला कर्माचार्य, राजाराम कार्की, विजया श्रेष्ठ केसी, बलराम पौडेल, रजनी अमात्य जोधे, घनश्याम दाहाल, प्रेमबहादुर पुलामी, कञ्चन खनाल, लालकुमारी पुन र सिर्जना सायजु रहनुभएको छ ।
त्यसैगरी उद्योग पर्यटनतथा वातावरण समितिमा सीता लामा, बद्री मैनाली, शरीशरण लामिछाने, कृष्णप्रसाद भुर्तेल, मणिराम फुँयाल, रमा आले मगर, वसुन्धरा हुँमागाई, पार्वती सिलवाल, चेतनाथ सञ्जेल, राजेश शाक्य, कुसुमकुमार कार्की, नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, निमा लामा, कल्पना नेपाली, हीरानाथ खतिवडा, जगतबहादुर सिंखडा, प्रतिमा श्रेष्ठ, रामलाल महतो र विराजभक्त श्रेष्ठ रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *